चुनावपछि जनप्रतिनिधि फर्किएनन्

Advertise with us

देउखुरी (पटौलीनाका), जेठ २ । अति दुर्गम, विकट अनि सास्ती । त्यही माथि विकासे योजनाबाट बन्चित बनेको दाङको पटौलीनाका । यही दुःख, पिडा र कष्टसँग लड्दै र झेल्दै आईरहेका छन्, दाङ देउखुरी राजपुर गाउँपालिका वडा नम्बर १ पाटौलीनाका सिमा रक्षकहरु ।

Buddha International Hospital

नेपाल भारत सिमा क्षेत्रमा रहेका नाकावासीहरुले मनमा पिडा खुमच्याएर नाका क्षेत्रमा बस्न बाध्य भएका छन् । दाङ देउखुरीको पुरै नाकाक्षेत्रले घेरीएको बेल्ट हो । चारै तिर नेपालको पहाडै पहाड र छेवैमा भारतको समथर वनको भु–भागले घेरिएको छ, पटौलीनाका । आवत जावतको लागि बाटाघाटा छैनन् । समस्यै समस्याले झेल्दै आएका नाकावासीहरु दिनरात गन्दै विकासे योजनाको पर्खाइमा रहेको स्थानीय अनमोल योगीले बताउनुभयो ।

Advertise with us

अन्य नाका भन्दा देउखुरी बेल्टको विकासे योजनाबाट बञ्चित नाका क्षेत्र पटौलीनाकामा बाटो, विद्युत्, स्वास्थ्य, खानेपानी, शिक्षा, लगाएत अन्य विकासे योजनाबाट पटौलीनका पुरै बञ्चित रहेको योगीले बताउनुभयो । नाकावासीको पिडा नाकावासीलाई मात्रै थाहा छ, यि र यस्ता पिडा संग सामना गर्दै नाका क्षेत्रमा नेपाली भु–भागको सिमाक्षेत्रमा बसोबास गर्दै र नेपालको सिमाक्षेत्र बचाउदै आएको, राजपुर गाउँपालिका वडा नम्बर १ पटौलीनाका निसावी सन्देश घर्तीले बताउनुभयो ।

दुई वर्ष पुरा भयो जनप्रतिनिधिहरु नाकामा पुगेका छैनन् । जनप्रतिनिधिहरुले स्थानिय तहको निर्वाचनमा गरेका बाचा भुलेको नाकाबासीहरुले बताए । ‘चुनावमा गरेका प्रतिवद्धता कुनै पुरा भएको छैन । आसवासन मात्र दिए, विकास गर्छु भनेर । प्रतिवद्धता नारामा मात्रै सिमित रहन पुग्यो’ घर्तीले भन्नुभयो, ‘विरामी हुदा साईकललाई एम्बुलेन्स बनाई भारत जानु पर्छ ।’