गर्मिसंगै खानेपानीको अभाव बढ्दै

तुलसीपुरमा दैनिक १५ लाख लिटर पानी अपुग


तुलसीपुर, २ जेठ /
गर्मिसंगै तुलसीपुर उपमहानगरपालिकामा खानेपानीको माग बढ्दै गएको छ । उप–महानगरपालिकामा अन्य समयको तुलनामा गर्मिसमयमा दैनिक करिब १५ लाख लिटर पानी अपुग हुने गरेको छ ।

Advertise with us

तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष खेमराज वलीका अनुसार उपमहानगरपालिकाको बजार सहित नौ वडामा गर्मिसमयमा दैनिक ४८ लाख लिटर पानी माग भएपनि धारामा दैनिक ३३ लाख लिटर पानी आउने गरेको छ ।

Buddha International Hospital

संस्थाले तुलसीपुरमा उप–महानगरपालिका वडा नंम्बर ३, ४, ५, ६, ७, ८, ९, १० र १२ नंम्बर वडामा पानी बितरण गर्र्दै आएको अध्यक्ष वलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार उपमहानगरपालिका भित्रमा संस्थाका सामुदायिक १ सय ७३ र ५ हजार ८ सय निजि धारा रहेका छन् ।

बढ्दै गएको गर्मिका कारण पानीको माग बढ्दै तर मुहान भने सुक्दै जान थालेकोे अध्यक्ष वलीले बताउनुभयो । संस्थाले खानेपानीको सहज आपुर्तीका लागि चालुवर्षमा ६ सय ७५ नयाँ धारा जडान गर्ने उहाँको भनाई छ । उहाँले स्रोतको कमी र आवस्यकता बृद्धि भएकाले पनि केही ठाउँमा पानी पु¥याउन समस्या भएको बताउनुभयो ।

संस्थाले खानेपानीको दिर्घकालीन समस्या समाधानका लागि बबईबाट लिपटिङ गरेर पानी ल्याउने जनाएको छ । बबईको पानी ल्याउनका लागि डिपिआर तयार गर्ने काम भईरहेको अध्यक्ष वलीले जानकारी दिनुभयो ।।

Advertise with us