बलत्कारका घटना : सजाय बढ्यो, मुद्धा पनि बढ्दै

निशानामा बालिका

Advertise with us

 

जीतसागर जी.एम./
तुलसीपुर , २ जेठ/

Advertise with us
बलत्कार जस्तो जघन्य अपराधमा कानुुनी सजाय बढेपनि दाङमा जबरजस्ती करणीका मुुद्धामा कमि आउन सकेको छैन् । बढ्दै गएको सुुचना प्रविधिको गलत प्रयोग, बालबालिकाप्रति अभिभावकको निगरानी कम लगायतका कारण बलत्कारका मुुद्धा बढ्दै जान थालेका छन् ।

Buddha International Hospital

प्रहरीको तथ्याङक अनुुसार १० देखि २० वर्षसम्मका बालिका धेरै बलत्कारको शिकार हुुने गरेका छन् । गत भदौ १ मा जारी भएको नयाँ मुुलुुकी ऐनमा बलत्कार जस्तो जघन्य अपराधमा संलग्न दोषिलाई कडा कानुुनको व्यवस्था गरिएको छ तर कानुुनी व्यवस्था कडा हुुँदापनि दाङमा जबरजस्ती करणीका मुुद्धामा कमि आउन नसकेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपि बेलबहादुर पाण्डेले बताउनुभयो ।

कानुुनी जानकारी जनतासम्म पुुग्न नसेकेका कारण पनि बलत्कारका घटनामा कमि आउन सकेको छैन् भने अर्कोतिर बढ्दै गएको सुुचना प्रविधिको गलत प्रयोग, बालबालिका प्रति अभिभावकको निगरानी कम, कानुुनको सचेतनाको अभाव लगायतका कारण बलत्कारका मुुद्धा बढ्दै जान थालेका छन्—प्रमुख पाण्डेले भन्नुभयो— कतिपयले भने नागरिकमा सचेनता बढ्दै कारण पनि घटना लुुकाउन हुुन्न भनेर न्यायको ढोकासम्म आउने गरेको बताउने गरेका छन् । जबरजस्ती करणीको शिकारमा अधिकांश सानै उमेरका बालिका पर्ने गरेका छन् । दाङ देउखुरी जिल्ला अदालतका न्यायधिस इश्वरीप्रसाद गौतमका अनुसार अधिकांश १० देखि २० वर्ष उमेर समुहका बालिका बलत्कारको शिकार भएका छन् ।

दाङमा चालुु वर्षमा मात्रै करिब ६० बढी जबरजस्ती करणीका घटना घटेका छन् । ति घटनामा अधिकांश बालिका परेको तथ्याङ्कले देखाएको छ । दैनिकजसो बलत्कारका घटना बढ्दै गएको छ तर अपराधमा संलग्नहरु कानुनको दायरामा आउन सकेका छैनन् , दोषिलाई कानुनको दायरामा ल्याएर पिडितलाई न्याय र पिडकलाई कार्बाही हुन सकेको छैन् —महिला मानवअधिकारकर्मी शुष्मा गिरीले भन्नुभयो ।

दैनिक रुपमा हुुने जबरजस्ती करणीका दोषि कानुुनको दायरमा आउने गरेको प्रहरीको दावि छ तर घटनामा भने कमि आउनुुको साटो बढ्दै गएको देखिन्छ । समाजमा बढ्दै गएको बलत्कार जस्तो जघन्य अपराध न्युुनिरकणका अभिभावकले आफ्ना बालबालिकालाई निगरानी बढाउने र स्वंय व्यक्ति पनि सचेत हुनुपर्ने प्रहरीले बताउँछ ।।