अपागंलाई पनि समान अधिकार दिनुपर्ने

Advertise with us

यमकला भुसाल,
तुलसीपुर, मसिंर | तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर माया आचार्यले अन्य नागरिक सरह अपागंहरुलाई पनि समान अधिकार र अवसर दिनुपर्नेमा जोड दिनुभएको छ । २७ औँ अन्तराष्ट्रिय अपागं दिवसको सध्यामा आइतवार तुलसीपुरमा भएको कार्यक्रमलाई सम्बोधन गर्दे उहाँले यस्तो बताउनुभएको हो ।

Buddha International Hospital
Advertise with us

उहाँले अपागं दिवस दिवसमा मात्र नभई क्षमता अभिबृद्धिको रुपमा मनाउनुपर्ने धारणा राख्नुभयो । साथै उहाँले अपागं व्यक्तीहरुका लागी उपमहानगरपालिकाले बिशेष जोड दिने समेत बताउनुभयो ।

राप्ती बहिरा सघं दाङका अध्यक्ष अजय कुमार शर्माको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नगरस्तरीय अपागं सञ्जालका सयोजंक दोलख बहादुर खत्रीले अपागं व्यक्ती पनि समाजका मेरुदण्ड बन्न सक्ने बताउनुभयो ।

राप्ती बहिरा सघं दाङको आयोजना तथा नगरस्तरीय अपागं सञ्जाल तुलसीपुरको समन्वयमा भएको कार्यक्रममा अपागं समाज सुधार केन्द्रका अध्यक्ष हुमाकान्त कडेल,नेपाल पत्रकार महासघं दाङकी सहसचिव सर्मिला डिसी,तुलसीपुर उपमहानगरपालिका महिला बिकास शाखाकी सहायक महिला निरीक्षक तेजा गैरे ,तुलसीपुर उपमहानगरपालिका वडा नं ११ का वडा सदस्य घनश्याम गौतम लगाएतले अपागंता भएका व्यक्तीहरु सगंठित भएर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा लोक गित प्रतियोगीता,हाजिर जवाफ प्रतियोगीता र टेवल टेनिस,ह्वीलचियर प्रतियोगीता भएको थियो । लोक गित प्रतियोगीता तर्फ प्रविन चौधरी,आसा चौधरी प्रथम,तारा क्षेत्री अधिकारी द्धितिय र राम बहादुर बिक तृर्तिय हुनुभएको थियो । यस्तै हाजिर जवाफ प्रतियोगीता तर्फ खुमबहादुर पुनको गुप्र प्रथम,सुरेश बिकको गुप्र द्धितिय, छवि वलिको गुप्र तृतिय र रोशन गिरीको गुप्र सान्तोना हुनु भएको थियो ।

यस्तै ह्वीलचियर प्रतियोगीतामा खिम बहादुर महतरा प्रथम,खुम बहादुर पुन द्धितिय र सुरेश बिक तृतिय हुनु भएको थियो । कार्यक्रमको सहजिकरण देवा डागीँले गर्नुभएको थियो । साथै २७ औँ अन्तराष्ट्रिय अपागं दिवसको अवसरमा सोमबार तुलसीपुरमा बृह्त ¥यालीको अयोजना गरिएको जनाइएको छ ।