अपाङ्ग विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

दाङ, जेठ १ । दाङको घोराही उपमहानगरपालिका वडानम्वर ५ ले १२ जना अपाङ्गता भएका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । वडाध्यक्ष विष्णुमणि दाहालको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरी, प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले वडाका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गर्नुभयो ।

Buddha International Hospital

Advertise with us

शैक्षिक सामग्रीहरु पाउने विद्यार्थीहरुमा उमेश चौधरी, आकृती नेपाली, भगवानप्रसाद नेपाली, सन्ध्या नेपाली, समिर विक, हेमराज नेपाली, विमल नेपाली, लक्ष्मण केसी, सुनीता वली, विशाल श्रेष्ठ, सन्दीप चौधरी र रुस्टन चौधरी रहेका छन् ।

उनीहरुलाई कापी, कलम, डे«ेस र झोला प्रदान गरिएको छ । यसैबीच वडा कार्यालयको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरुका लागि क्षमता अभिबृद्धि अभिमुखीकरण कार्यक्रम भएको छ । कार्यक्रममा चिन्तामणि पौडेल र विवेक खड्काले अपांगता भएका व्यक्तिहरुको सिप, ज्ञान र क्षमता विकासका विषयमा प्रशिक्षण दिनुभएको छ ।

कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले सबै अपाङ्गता भएका व्यक्तिहरुको क्षमता विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो । व्यक्तिमा अपाङ्गता आउन नदिन गर्भदेखि नै स्वास्थ्य जाँच, पोषण, खोपमा ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रमको सहजीकरण वडा सचिव लक्ष्मण अधिकारीले गर्नुभएको थियो ।