घर खरानी भयो, त्रिपालमा बास, खरानी मुनि अन्न खोज्दै अग्नीपीडितहरु


शिवु खनाल
(देउखुरी) पटौलीनाका, वैशाख ३१ । थाल, पानी खाने बेला, ओदान समेत आगोको रापले खरानी भए । वैशाख २४ गतेका दिनको घटना हो । दिउसो करिब दुई बजे मंगलवारको घटना हो । राजपुर गाउँपालिका वडा नम्बर १ पटौलिनाका स्थित गगन बस्नेतको घर जलेर खरानी भयो ।

Advertise with us

Buddha International Hospital

गर्मीको राप, घरमा श्रीमती आराम गरिरहेकी थिइन् । घरको सोलार सट भएर एक्कासी आँगोले घर छिन भरमै खरानी भयो, आँगलागी पीडित गगन बस्नेतले भन्नुभयो । ‘मस्तको निद्रामा थिए, तातो हावाको वाफले हान्यो । जुरुक्क उठ्दा घर वरपर आँगो दनदनी बलिरहेको थियो । चिच्याएर घरबाट बाहिर निस्केय म । बुढा घरमा नभएको बेला घरमा रहेको सोलार सट भैइ घर छिन भरमै खरानी भयो’ श्रीमती लक्ष्मी बस्नेतले भन्नुभयो ।

‘घरमा रहेको ५ वटा बाख्रा, अनाजपानी, नागरिकता, दुई क्विन्टल मौवा छिन भरमै जलेर खरानी भयो, वनको छेवैमा रहेको मेरो एक्लो घर जलेर खरानीले भरिभराउँ र पुत्ताएको देख्न मात्रै पाए’ आगलागी पीडित गगन बस्नेतले भन्नुभयो, ‘एक हप्ता भयो रुख र त्रिपालमा आश्रिय लिएर दिन रात विताएका छौँ । आफ्नै पसिनाले जोडेको घर जलेर खरानी भयो । घर जलेर खरानी भएपछि रुखमुनि त्रिपाले बासमा बस्नुपर्ने बाध्यता निम्ती यो ।’

सहयोग लिएर पुगे ईकाई सभापति र वडाध्यक्ष
राजपुर गाउँपालिका सा.वि.क बेला गा.वि.स ईकाइ सभापति शरद बुढाथोकी र राजपुर गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष नरेन्द्रसिंह भण्डारीले राहात लिएर राजपुर गाउँपालिका वडा नम्बर १ पटौलिनाका पुग्नुभयो । आँगलागीबाट पूर्णरुपमा विस्तापित भएका गगन बस्नेतका परिवारलाई राजपुर गाउँपालिका सा.वि.क बेला गा.वि.स ईकाइ सभापति शरद बुढाथोकिले नगर १५ हजार रुपैँया हस्तान्त्रण गर्नुभयो ।

यस्तै राजपुर गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष नरेन्द्रसिंह भण्डारीले पनि आँगलागीबाट विस्तापित भई रुखको पाल त्रिपालमुनी आश्रिय लिएर बसेका गगन बस्नेतको परिवारलाई व्यक्तिगत रुपमा दश हजार राहत स्वरुप सहयोग हस्तान्त्रण गर्नुभयो । राजपुर गाउँपालिका वडा नम्बर १ पटौलीनाका स्थित आँगलागी भएको घटना थाहा पाएर लगत्तै सभापति बुढाथोकी र गाउँपालिका वडाध्यक्ष भण्डारी राहत लिएर आगँलागी पीडित कहाँ पुग्नुभएको हो ।

लोक दोहोरी गायिका गिरीको सहयोग
लोकदोहोरी गायिका भुमीका गिरीले पटौलीनाका स्थित आँगलागी पीडित परिवारलाई नगद दश हजार राहत स्वरुप सहयोग हस्तान्त्रण गर्नुभएको छ । दाङको देउखुरी घर भएकी गायिका गिरीले यस अघी पनि विभिन्न व्यक्तीहरुलाई सहयोग गर्दै आउनुभएको छ । दुःखमा परेका व्यक्तीहरुलाई सहयोग गर्न आफू साह्रै नै उत्साहित हुने भएकाले केही सहयोग गर्नुपर्छ भन्ने उद्देश्यका साथ आफूले सहयोग गरेको गिरीले बताउनुभयो ।