प्रादेशिक अस्पतालमा जनशक्तिको अभाव, उपचारमा समस्या

Advertise with us

यमकला भुसाल
तुलसीपुर, वैशाख ३१ । गर्मी बढेसँगै अहिले दाङका अस्पतालमा उपचार गर्न आउने बिरामीको भिडभाड देखिन्छ । जिल्लाको राप्ती प्रादेशिक अस्पताल तलसीपुरमा गर्मी महिना सुरु भएसँगै बिरामीको सङ्या पनि बढेको अस्पतालले जनाएको छ ।

Buddha International Hospital
Advertise with us

अहिले अस्पतालमा भाइरल ज्वरो, रुघा, खोकी, टाइफाइट, दम, जंडिस, झाडापखाला लगाएत रोग सम्बन्धीका बिरामीहरु बढेको अस्पतालका निमित्त मेडिकल सुपेरिन्टेन्डेन्ट डा. सर्वेश शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालमा हिजोआज दैनिकी ४ सय भन्दा बढी बिरामीहरु आउने गरेका छन ।

गर्मी समयमा छाला सुख्खा हुने हुँदा छाला सम्बन्धी रोग देखा पर्ने उहाँको भनाई छ । गर्मी मौसममा बढी पानी खानुपर्ने, धुवाधुलोबाट बच्नुपर्ने, घाममा धेरै नहिड्ने, बासी सडेगलेको खानाहरु नखाए यी रोगहरुबाट बच्न सकिने उहाँले जानकारी दिनुभयो ।

जाडो समयभन्दा गर्मी मौसममा चाँडो रोगहरु फैलने भन्दै डा. शर्माले आफ्नो स्वास्थ्यप्रति सचेत रहन आग्रह पनि गर्नुभयो । फरक प्रशंगमा उहाँले अस्पतालमा जनशक्ति अभाव हुँदा उपचारमा समस्या भएको बताउनुभयो । ‘अस्पतालमा बिरामीको चाप बढ्दो छ तर चिकित्सकको सङ्या भने अत्यन्तै न्युन छ’ उहाँले भन्नुभयो । १६ जना विशेषज्ञ डाक्टर र ६ जना मेडिकल अधिकृतको दरबन्दी रहेको अस्पतालमा हाल ८÷९ जना डाक्टर मात्रै कार्यरत रहेको सुपेरिन्टेन्डेन्ट डा.शर्माले बताउनुभयो ।

उहाँले सबै विषयका विशेषज्ञ डाक्टर नहुँदा बिरामीको उपचारमा समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अस्पतालमा जनशक्ति कम भए पनि बिरामीको चाप भने बढदो छ ।’ एक जना मात्रै विशेषज्ञ भएको अवस्थामा बिदा बस्दा उपचार नै बन्द गर्नुपर्ने अवस्था रहेको भन्दै डा. शर्माले अस्पतालको आवश्यकता अध्ययन गरेर मात्रै दरबन्दी थप्ने र डाक्टरको व्यवस्था गर्ने काममा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।