‘दंगीशरणको समृद्धि, विकास जरुरी छ’

Advertise with us


दिप्तीशिखा चौधरी,
दंगीशरण, ३० वैशाख । प्रदेश नम्वर ५की सांसद धमकली चौधरीले सामुदायीक समूहहरुको जागरण अभियानलाई दंगीशरणको समृद्धि, विकास र रुपान्तरणमा प्रयोग गर्न जोड दिएकी छन् ।

Advertise with us

Buddha International Hospital

दंगीशरण गाउपालिका वडा न ३,४ र ५ मा क्रियाशिल रहेका १६ वटा सामुदायिक समूहका सदस्यहरुको दंगीशरण गाउँपालिकामा सम्पन्न सिकाइ आदानप्रदान तथा प्रथम सामुहिक भेला कार्यक्रममा बोल्दै सांसद चौधरीले सबै एक भई समूह मार्फत नै हरेक कार्य सफल हुने बताइन । उनले हरेक काम र कर्तव्यलाई सही रुपमा बाहिर ल्याउँन भेला र छलफलबाट नै निश्कर्षमा आउँने बताइन ।


कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले मानविय विकास र भौतिक विकासको संतुलनले मात्र समाजमा दीगो र गुणस्तरीय विकास गर्न सकिने बताए । गैरसरकारी तहबाट सहकर्मी समाज सुर्खेतले दंगीशरणका गाउँ बस्तीहरुमा समूह गठन र परिचालन गरेर चेतनामुलक कार्यक्रम संचालन गर्दै विकास र परिवर्तनका लागि महत्वपूर्ण योगदान गरेको भन्दै यस्तै खाले हरेक कार्यबाट समृद्ध दंगीशरण निर्माण हुने बताए ।

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष पिमा खड्काले समुदायका मानिसहरुको क्षमता विकास, सुशासन र जीविकोपार्जन सुधारका लागि समूहहरुको अग्रसरता प्रशंसनिय रहेको र समुहको जागरणलाई दीगो बनाउन प्रयास गर्नु पर्ने बताए ।

कार्यक्रममा वडा नम्वर ५ का अध्यक्ष दिपक गौतम, सहकर्मी समाज दाङका संयोजक पुनाराम पन्थी, नेकपाका अध्यक्ष भरत अधिकारी, नेपाली काङ्ग्रेसका सभापति सोभाखर न्यौपाने, गाउँ कार्यपालिका सदस्य हिरा चौधरी, वडा सदस्य दिलकुमारी विक लगायतले धारणा राखेका थिए ।

सो अवसरमा समूहका अगुवाहरुले समूहले गरेका काम, उपलब्धी र सिकाइहरु आदानप्रदान गरेका थिए । सामुहिक भेलामा त्रिबेणी समूहकी ईश्वरी कंडेलले कार्यपत्र प्रस्तुत गरेकी थिइन ।

सहकर्मी समाज दाङका संयोजक पुनाराम पन्थीको अध्यक्षता एंव दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीको प्रमूख आतीथ्यतामा भएको कार्यक्रममा १६ वटा सामुदायिक समूहहरुको सहभागिता रहेको थियो । त्रिवेणी समूह दंगीशरण ३ रावतगाउँको आयोजना तथा सहकर्मी समाज सुर्खेतको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हो ।