अग्नी पीडितलाई सहयोग

Advertise with us

घोराही, ३० वैशाख । अग्नी पीडित नवराज थापामगरलाई उद्योग बाणिज्य संघ सिसहनियाले प्रारम्भीक राहत सामाग्री सहयोग गरेको छ ।
राप्ती गाउँपालिका वडा नम्बर ५ लोसेमा राष्ट्रिय वनबाट सल्केको आगो शनिवार दिउसो तीन बजे तिर नवराज थापामगरको एउटा ठाँटी घर र दुई वटा गोठ जलेर नष्ठ भएको थियो ।

Buddha International Hospital
Advertise with us


सिसहनिया उद्योग बाणिज्य संघका अध्यक्ष शान्तराज भण्डारी, महासचिव ईश्वरी अधिकारी, सचिव मदन पोख्रेल तथा कार्यसमितिका पदाधिकारी सहितको टोलीले चामल, दाल, कपडा तथा नगद रुपैया सहयोग गरेको हो ।


आगलागीबाट घरधनी थापामगर घाइते समेत भएका थिए भने २ वटा बाख्रा, ४ वटा संगुरका पाठापाठी,लत्ताकपडा ,गरगहना,अन्नपात र नगद ५० हजार गरि कुल ७ लाख बराबरको क्षति भएको पिडित थापामगरले जानकारी दिएका छन् ।

घाइते ७० वर्षिय थापामगरको सिसहनियाँ स्थित विष्ट पोलिक्लनिकमा उपचार भएको छ । विकट तथा भौगोलिक हिसावले पहाडी क्षेत्र भएकाले बारूत यन्त्र पुग्न नसक्ने ठाउँ तथा पानीको अभाव भएकाले स्थानीयहरूले आगोलाई नियन्त्रणमा लिन नसक्दा घर र गोठ जलेर खरानी भएको थियो ।

रेडियो श्रोता समुहद्धारा अग्नी पीडितलाई सहयोग
ग्रामीण महिला उत्थान केन्द्र र जनचेतना रेडियो श्रोता समुहले संयुक्त रुपमा अग्नी पिडितहरुलाई सहयोग गरेको छ ।


घोराही उपमहानगरपालिका वडा नं १ स्थित सन्धीखर्क र मालेमा भएको आगलागीबाट पीडितहरुलाई लत्ताकपडा तथा भाडाँकुडाँ सहयोग प्रदान गरेको हो । जनचेतना रेडियो श्रोता समुहले आफ्नो नास्ताको पैसा कटौती गरी सहयोग प्रदान गरेको हो भने सामान खरिदका लागि ग्रामीण महिला उत्थान केन्द्रले सहयोग गरेको थियो ।

त्यस आगलागीबाट सन्धीखर्कमा पाँच र मालेमा चार घरपरिवार आगलागीबाट पीडितभएका छन् । सो घर परिवारको सम्पुर्ण लत्ताकपडा, भाँडाकुडाँ, अन्न, किताबकापी सबै जलेर नष्टभएका छन् ।