तुलसीपुरमा तरकारी बिक्रि नभएपछि पशुलाई खुवाउदै किसान


तुलसीपुर, ३० वैशाख | तरकारीले उचित मूल्य नपाउदा तुलसीपुर उपमहानगरपालिका १९ का किसानहरुले पशुचौपायालाई खुवाउन थालेका छन् । उत्पादन लागत धेरै हुने तर बजारमा मूल्य न्यून हुदा किसानहरुले पशु चौपायलाई खुवाउन थालेका हुन् ।


Advertise with us
तुलसीपुर १९ गनारीका किसान भागीराम चौधरीले यस बर्ष ४ कठ्ठा क्षेत्रफलमा ब्यबसायीक रुपमा तरकारी खेति गरेको तर विक्रिका लागि मूल्य नपाउदा बारीमा कुहिन थालेपछि पशुचौपायालाई खुवाउन थालेको बताउनुभयो ।

Buddha International Hospital

बजारमा बन्दा गोभीको मूल्य २ रुपैयाँ किलो रहेको उहाँको भनाई छ । विक्रि गर्न बजार लग्दा समेत खर्च नउठ्ने भएपछि किसानहरुले पशु चौपायालाई खुवाउन थालेको चौधरीले बताउनुभयो ।

अहिले बजारमा भारतीय तरकारी आयत हुँदा पनि आफुहरुले उत्पादन गरेको तरकारीले उचित मूल्य पाउन नसकेको अर्का किसान दलबहादुर बहकरीले बताउनुभयो । उहाँका अनुसार प्रायः सबै तरकारीसस्तोमै बेच्ने गरिएको छ ।

अर्को तर्फ बिचौलियाहरुका कारणले पनि किसानहरु मारमा पर्ने गरेको उहाँको भनाई छ । किसानहरुले आफुले उत्पादन गरेको तरकारीको आफैले मूल्य निर्धारण गर्न पाउनुपर्ने समेत माग गरेका छन् ।

Advertise with us