एक दिनमा १ गाग्री पानी


तुलसीपुर ,२९ वैशाख । दाङको तुलसीपुर उपमहानगरपालिकाका वडा नं १७ र १८ का बिभिन्न गाउँमा खानेपानीको समस्या भएको छ । मनिकापुर, स्यानीगाउ, गुरुङटोल, झिङ्गै र दुधरासमा गर्मी महिनाको सुरुवातसँगै खानेपानीको अभाव देखिएको हो । बिगत एक महिनादेखि धारामा नियमित पानी नआएको कहिले कसो अआएपनि थेरै मात्रै आउने गरेको स्थानियहरुले गुनासो गरेका छन् ।

Buddha International Hospital
Advertise with us

दिनमा एक पटक आउने त्यो पनि गाउमा कोहिकोमा आउने र कोहिकोमा नआउने भएको हुँदा एउटै घरमा एक गाग्री पानीका लागी लाईन लाग्नुपरेको तुलसीपुर १८ स्यानीगाउकि शोभा चौधरीले बताउनु भयो । जुरपनिया मैनतारा खानेपानी तथा सरसफाइ समिति र छरछरे खानेपानी तथा सरसफाइ समितिले सो क्षेत्रमा खानेपानी बितरणको जिम्मा लिएपनि गर्मी महिनामा मुलहरु सुकेका कारण पानी नियमित बितरणमा समस्या आएको बताउनु भएको छ ।

स्थानीय बासिन्दाहरुले खानेपानीको जोहो मिलाए पनि नुहाउन, लुगाफाटा धुन र गाईबस्तुहरुलाई पानी खुवाउन निकै कठिन भएको तुलसीपुर १८ का नविन वलीले बताउनु भयो ।

Advertise with us