रोजगारी प्रदान गर्दै आफुु स्वरोजगार बन्दै भुुषाल

Advertise with us

जीतसागर जी.एम./

तुलसीपुर, २९ बैशाख/

Buddha International Hospital

‘व्यवसाय गरेको देखेर जसरी अनुुमान लगाइन्छ, आहा ! नि यसले त क्या निकै आन्नदले व्यवसाय संचालन गरिरहेको छ तर व्यवसायीका समस्या भनिसक्नुु छैन्, मलाई त लाग्छ कि युुवाहरु यिनै विभिन्न समस्या झेलेका कारण स्वदेशमा व्यवसाय गर्न उत्सुक देखिदैनन्’—शुुरुमै केहि आशा र केहि निराशाले भरिएका कुुरा गर्छन् युुवा व्यवसायी श्रीधर भुुषाल तर पछि कुराकानीको बिस्तार हुुँदै जाँदा व्यवसायमा देखिएका निराशा मात्रै हैन् थुुप्रै आशाका कुुराहरु पनि गर्न भ्याए उनिले ।

Advertise with us

‘म सानै उमेरमा आफुुमात्र होइन अरुलाई पनि रोजगारी दिनुुपर्छ भन्ने युुवा हुुँदा आज केहि सफल पनि भएको छुु र अझै थुुप्रै काम गर्न बाँकी छ जिम्मेवारी पुुुरा भएको छैन’—् अझै थप्दै उनले भने ।

देशमा राजनीतिक स्थितरतासंगै पछिल्लो समय धेरै युुवाहरु स्वदेशमै रोजगारीका अवसर खोज्न थालेका छन् । स्वदेशमै पनि आर्थिक उपार्जन गर्न सकिन्छ भनेर धेरै युवाहरु विभिन्न उद्योग तथा व्यवसायमार्फत आफुु स्वरोजगार बन्दै अरुलाई पनि रोजगारीका अवसर प्रदान गर्न थालेका छन् । केहि गरे स्वदेशमै पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेका एक युुवा हुुन् घोराही उपमहानगरपालिका–१५ श्रीधर भुुषाल

लामो समयको राजनीतिक अस्थिरताले अस्त व्यस्त बनेको व्यवसाय तथा उद्योग मुुलुुकमा स्थायी सरकार स्थापनासंगै युुवाहरु विभिन्न उद्योग तथा व्यवसायमा जोडिएर आत्मनिर्भर बन्न थालेको छन् । युुवा व्यवसायी भुषाल भन्छन्– ‘अब केहि आँट र केहि विश्वास गर्न सक्ने हो भने स्वदेशमै विभिन्न अवसरहरु छन्, अब आफु मात्र होइन अरुलाई रोजगारी दिनेगरी व्यवसाय शुुरुवात गरेको छुु, चुुनौति त धेरै छन् तर ति चुुनौतिलाई सामना गरेर अगाडी बढ्ने प्रयास गरेको छु ’

थौरै भएपनि, धेरै भएपनि स्वदेशमै गर्नुुपर्छ भन्ने सोच बोकेका भुुषालले पछिल्लो समय जिल्लामै पहिलो पटक नेप्कीन उद्योग स्थापना गरेका छन् । भनिन्छ सफलतको लागि कि त फरक काम गर्नुुपर्छ , कि त्यहि कामलाई फरक तरिकाले गर्नुुपर्छ । भुुषालले पनि सफलताका लागि अरु भन्दा फरक काम रोज्ने गरेका छन् ।

यसअघि पनि नयाँ सोचका साथ परी लेडिज होस्टेल स्थापना गरेका उनले पछिल्लो समय जिल्लामै पहिलोपटक नेप्कीन उद्योगक संचालन गरेका हुन् । दाङसहित सावीक राप्तीका पाँच जिल्लालाई नेप्कीन पु¥याउने लक्ष्यसहित नेप्कीन उद्योग संचालन गरेको उनले बताए । ‘दाङमा नेप्कीन जिल्ला बाहिरबाट धेरै आउने गरेको छ, अब जिल्लामै हामीले पहिलोपटक नेप्कीन उद्योगक संचानल गरेपछि बिस्तारै बाहिरबाट आयात हुनेक्रम रोकेर जिल्लाकै नेप्कीनलाई बजार बिस्तार गरेर सस्तोमै नेप्कीन ग्राहकलाई उपलब्ध गराउने भन्ने उद्देश्यका साथ हामीले नेप्कीन उद्योग संचालन गरेका छौँ, अब जिल्लाको नेप्कीन सबै ठाँउमा पुु¥याउन हामीले प्रयास गरिरहेका छौँ’–उनले भने ।

नेप्कीनको माग बढ्दै जाँदा जिल्लामै पहिलो पटक नेप्कीन उद्योगको स्थापना गरेको उनले बताउँदै उनले भने–‘नेप्कीनका लागि अब जिल्ला बाहिर जानुपर्ने बाध्यता छैन्, मैले नेप्कीन उद्योग स्थापना गरेपछि दाङमात्र नभई तत्कालीन राप्तीका पाँच वटै जिल्लामा नेप्कीनको माग बढिरहेको छ नयाँ व्यवसायमा सफलता र समस्या बराबर नै छ तर……पछि दिर्घकालिन रुपमा सफलता बढी छ भन्ने सोचका साथ अरु भन्दा फरक व्यवसायमा हात हालेको छुु , शुुरुमा कुुनै पनि व्यवसाय गर्दा समस्या हुुन्छ झन नयाँ व्यवसायमा त निकै चुुनौति हुुन्छ तर मलाई भने सहज नै छ ।

उनले यसअघि परि लेडिज होस्टेल संचालनमा ल्याएका छन् । होस्टेल संचालन गर्दा पनि आफुु पहिलो नै भएको उलने बताए । ‘महिलाहरु कम्तिमा एक दिन बढीमा जति दिन बस्न सक्ने होस्टेलको परिकल्पना गरेर संचालनमा ल्याएको थिएँ, त्यो व्यवसायबाट राम्रै सफलता प्राप्त गरेको छु, मैले होस्टेल संचालनमा ल्याएपछि अरु थुुप्रै होस्टेल संचालनमा आएका हुुन्—उनले भने ।

होस्टेल र नेप्कीन उद्योगमार्फत १० जना भन्दा बढी युवा—युवतीलाई रोजगार प्रदान गरेको उनले बताए–‘आफु पनि स्वरोजगार बनेको छुु, अरुलाई पनि सानो भएपनि रोजगार दिन सफल भएको छुु, अब बिस्तारै क्षमता बढाउँदै लैजानेछुु । मेरो सोच त जतिसक्यो धेरैलाई रोजगार प्रदान गर्ने हो अब बिस्तारै सपना पुुरा हुुँदैछ ।’

अवसर र संभावनाका खोजीगर्ने हो भने स्वदेशमै रोजगारीका अवसर थुुप्रै छन् भन्ने गतिलो उदाहरण दिएका भुुषालले आफुुमात्र नभई अरुलाई पनि रोजगारी प्रदान गनपर्ने बताए । चुुनौतिको कुरा गर्ने हो भने तीन दिन सम्म पनि कुरा सकिँदैन जस्तो लाग्छ तर चुुनौतिसंगै संभावना पनि प्रशस्त छ भनेर कामलाई निरन्तरता दिएको छुु भन्ने मलाई लाग्छ’ अलि गम्भिर हुुँदै भुुषालले भने—‘होस्टेल स्थापना गर्ने समयमा शुुरुको समयमा निकै चुुनौतिको पनि सामाना गरेँ तर पछि विस्तारै अवस्था सामान्य बन्दै गयो, अब केहि गर्ने साहस जुटेको छ । नेप्कीन उद्योग आफुसंगै दुुईजनाले संचालनमा ल्याएका हौँ, मिलेर गरे जे काम पनि गर्न सजिलो छ’—उनले भने ।

युुवालाई स्वदेशमै रोजगारी प्रदान गर्न सरकारले जसरी योजना ल्याएको छ तर सहज भने पक्कै छैन्, विभिन्न चुुनौति छन् हामिले यति हो कि नेप्कीन जिल्लाको उत्पादनलाई प्रोत्साहन गर्नुुपर्छ भन्ने अलिकति सोचको विकास भयो भने झन् काम गर्ने हौसला मिल्ने छ’—उनले भने—’हामीले कच्चपदार्थ भारतबाट ल्याउने गरेका छौँ, त्यो पनि जिल्लामै उत्पादन गर्न सके धेरै सहज हुन्थ्यो होला, अहिले कच्चापदार्थ ल्याउन निकै समस्या छ , एक त कम पाईन्छ अर्को पाएपनि भन्सारमा निकै झन्जट हुने गरेको छ , त्यस्तै मेशिन बिग्रेपछि सामान मर्मत गर्न निकै समस्या हुने गरेको छ उनले भने । नेप्कीन उद्योग करिब ५० लाखको लगानीमा संचालनमा ल्याएको उनले बताए ।।