घोराहीमा ड्याटसन र निसानको रोड शो

Advertise with us


घोराही, वैशाख २८ । विश्व चर्चित गाडी निसान र ड्याटसन कम्पनीको लागि दाङको आधिकारीक विक्रेताको रुपमा काम गर्दै आएको एनएल मोटो कर्पले जिल्लाका विभिन्न स्थानमा रोड शो कार्यक्रम गरेको छ । केहि दिन अगाडि मात्रै दाङको घोराहीमा शो रुम सञ्चालन गरेको एनएल मोटो कर्प घोराहीले निसान र ड्याटसन् गाडीको प्रचारप्रसारका लागि रोड शो गरेको हो ।


Advertise with us
एनएल मोटो कर्प घोराहीले घोराही र तुलसीपुरमा रोड शो कार्यक्रम गरेको हो । ‘यो कम्पनी विश्व चर्चित कम्पनी हो, यसका उत्पादन धेरै राम्रो भएकाले ग्राहकहरुले पनि धेरै नै मन पराउनु भएको छ । ’ सञ्चालक सुर्दशन गिरीले भन्नुभयो, ‘दाङमा यो कम्पनीको शोरुम नयाँ भएकाले प्रचारप्रसार आबस्यक थियो, त्यसको लागि हामीले रोड शो सञ्चालन गरेको थियाौँ ।’

Buddha International Hospital


शोरुम सञ्चालन भएको एक महिना पनि नपुग्दै एनएल मोटो कर्प घोराहीले दाङमा १० वटा गाडी विक्रि गरिसकेको प्रालिका सञ्चालक सुदर्शन गिरीले बताउनुभयो । नेपालमा विभिन्न नया कम्पनीका गाडीहरु भित्रिने क्रममा निसान र ड्याटसनले आफ्ना नया ब्रान्डका गाडीहरु नेपालमा ल्याएको छ ।