हापुरेको विद्युत : ‘लंकामा सुन छ कान मेरो बुच्चै’


तुलसीपुर, २८ बैशाख । फागुन ९ गते उर्जा , जलस्रोत तथा सिँचाई मन्त्री बर्षमान पुनले बबई गाँउपालिका—६ पंचकुलेमा रहेको १३२ केभि लाईन उद्धघाटन गरेका थिए । प्रशारण लाईनको उद्धघाटन गर्दै मन्त्री पुनले दाङमा लो भोल्टेजको समस्या नहुने बताएका थिए ।

Buddha International Hospital
Advertise with us

अनियमित विद्युतको समस्या भोग्दै आएका नागरिक हापुरेमा रहेको १३२ केभिए विद्युत प्रशारण लाईन शुरु भएपछि समस्या समाधान हुने आशामा थिए तर अझै सम्म पनि विद्युत विस्तार हुन नसक्दा उपभोक्तालाई हापुरे विद्युत प्रशारण लाईन लंकामा सुन छ कान मेरो बुछै जस्तै भएको छ ।

गर्मिसमयमा विद्युतको माग बढ्दै गएको छ तर विद्युतको आपुर्ति समयमा हुन नसक्दा उपभोक्ताले विद्युत अनियमितताको सास्ती पाउँदै आएका छन् ।

‘विद्युत् कतिबेला जान्छ, पत्तै हुुँदैन, न विद्युतको लोडसेडिङको तालिका नै छ’ तुलसीपुरका निर्मला न्यौपानेले बताईन् । हापुरे विद्युत प्रशारण लाईन तुलसीपुरमा समयमा जोडिएको भए गर्मि समयमा हामीले यसरी सास्ती पाउने थिएनौँ होला—उनले भनिन् ।

दाङसहित सल्यान रुकुम, रोल्पा मा ३३ केभिए विद्युत प्रशासरण लाईन संचालन हुँदै आएकोमा हापुरेको लाइन तुलसीपुरमा जोडिए दाङमा मात्रै ३३ केभिए विद्युत उपभोग गर्न पाउने आशा नागरिकको थियो तर विद्युत बिस्तारमा ढिलाई हुँदा हापुरेको १३२ केभिए विद्युत प्रयोगमा आउन सकेको छैन् ।

यसैबिच यो समस्या अबको केही दिनमा समाधान हुने बिद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रका प्रमुख दिपकजंग चौधरीले बताएका छन् । तुलसीपुर उपमहानगरपालि वडा १५ का केही स्थानीयले आफ्नो जग्गामा विद्युतको पोल राख्न नदिए पछि काम रोकिएको थियो । स्थानीयसंग बिबाद मिलेपछि बैशाख महिना मै हापुरेको लाईन तुलसीपुर आउने गरि काम अघि बढाएको उनले बताए ।

खोलाको डिलमा पोल राख्नाले बर्षाको बेला समस्या हुने भन्दै डुरुवा गनारीका स्थानीय बासिन्दाले काम रोकेका थिए । तर तुलसीपुर उपमहानगरपालिका वडा नं १५ का अध्यक्ष लक्ष्मण चौधरी सहित बिद्युत प्राधिकरणका कर्मचारी र स्थानीयबासीहरुको आपसी सहमतीले काम अघि बढेको छ तर कामले पुर्णता पाउन सकेको छैन् ।

विद्युत प्राधिकरण र स्थानिय बिच पोल गाडेको वरिपरि ढलान गर्ने सहमती पछि काम बैशाखको अन्त्यतिरबाट विद्युत वितरण गर्ने गरि अघि बढेको हो । हापुरको १३२ केभिलाईन सञ्चालन भएपछि उपभोक्ताले विद्युत अनियमिताको अन्त्य हुने विश्वास छ ।

Advertise with us