प्रदेश ‘ख’ मा ३० वटा भवन निर्माण हुने


तुलसीपुर , २८ वैशाख ।
दाङ निर्बाचन क्षेत्र नम्बर १ प्रदेश ‘ख’ मा जनता आबास कार्यक्रम मार्फत ३० वटा भवन निर्माण हुने भएका छन् । प्रदेश ५ को सरकारले जनता आवास कार्यक्रम मार्फत् ३० वटा भवन निर्माण गर्ने जनाएको हो ।

Advertise with us

निर्बाचन क्षेत्रमा जनता आवास कार्यक्रम सञ्चालन गर्न गठित समन्वय समितिको बैठक समेत सम्पन्न भएको छ । प्रत्यक्ष निर्बाचित सांसद रेवतीरमण शर्माको अध्यक्षतामा बैठक बसेर भवन निर्माणको निर्णय समेत गरेको हो ।

Buddha International Hospital

बैठकले राजपुर गाउँपालिका ६ र ७ का भित्री सिक्टा, बनकट्टी, गंगदी खोला, राताकाँस, घोराही उपमहानगरपालिकाका १ को अठ्ठाइसेको काँडाखुट्टी, २ को कालिमाटी, ५ को बर्लाबोट पिपल टाकुरी र लमही नगरपालिका १, २, ३, ६, ७, ८ र ९ का बस्तीलाई लाभग्राही क्षेत्र छनौंट गरेको छ

क्षेत्रका लोपन्मुख जाती, एकल महिला, जेष्ठ नागरिक, अनाथ बालबालिका, अपांगता भएका व्यक्तिलाई लाभग्राहीको रुपमा प्राथमिकता दिने निर्णय भएको छ । निर्बाचन क्षेत्र १ ‘ख’सहित दाङका ६ वटा प्रदेश निर्बाचन क्षेत्रमा एक सय ९२ घर निर्माणको तयारी गरिएको छ । त्यसका लागि दाङमा ६ करोड ७२ लाख बजेट ब्यबस्थापन गरिएको छ ।।

Advertise with us