युवालाई रोजगारीमा जोड्न पलम्बर तालिम

Advertise with us


तुलसीपुर, २७ बैशाख | युवालाई सिपमार्फत रोजगारीमा जोड्न तुलसीपुरमा एक महिने पलम्बर तालिम शुरु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर पाँचको आर्थिक सहयोग तथा तुलसीपुर मिडिया प्रालिको व्यवस्थापनमा एक महिने पलम्बर तालिम शुरु भएको हो ।

Buddha International Hospital
Advertise with us

तालिम पश्चात् सिपलाई व्यवहारमा कार्यान्वयन गरी आर्थिक रुपमा बलियो बन्न सकिने तुलसीपुर उपमहानगरपालिका वडा नम्बर पाँचका वडा अध्यक्ष बिरेन्द्र शाहले बताउनुभयो । उहाँले बेरोजगार यु्वालाई स्वरोजगार बनाउन पलम्बर तालिमले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।

यसैबीच तालिमको आज उद्घाटन गरिएको छ । तुलसीपुर मिडिया प्रालिका प्रवन्धक निर्देशक गोपाल शर्मा भट्टराईको अध्यक्षता तथा वडा सदस्य एवं तालिम संयोजक सावित्रा गुरुङको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको हो । वडा सदस्य मधुमालती विश्वकर्माको स्वागत मन्तव्यबाट शु्रु भएको शुरु भएको तालिम उद्घाटन कार्यक्रममा सहभागीले सिपलाई व्यवहारमा कार्यन्वयन गर्ने प्रतिवद्धता जनाएका छन् ।

तालिमको उद्घाटन गर्दै तालिम संयोजक गुरुङले प्रशिक्षार्थीलाई सैद्धान्तीक संगै प्रयोगात्मकमा सिपको दक्षता प्रदान गरिने बताउनुभयो । तालिममा वडाका २० जनाको सहभागीता रहेको छ । कार्यक्रमको सहजीकरण जीतसागर जी.एमले गर्र्नुभएको थिए ।।