एक गाग्रो पानीको लागि रातभर जागाराम


टेकबहादुर पुन
घोराही, २६ वैशाख(रासस)ः पुर्वपश्चिम राजमार्ग अन्तरगतको सडक छेउ करिव ३० घर जति खरले छाएका साना झुपडीहरु छन् । जहाँ निम्न वर्गका जनताहरु बसोवास गर्छन । वस्तीको एउटा कुनामा धारा छ । धारालाई घेरा हालेर पक्की संरचना पनि बनाइएको छ । त्यही धाराको भित्तामा लेखिएको छ । ‘कृपया हातखुट्टा नधोईदिनुहोला’ पानी थाप्न, लुगा धुन र भाँडा माझ्न उपयोग हुने उक्त ठाउँ सुख्खा छ ।

Advertise with us


यही सडकखण्ड भएर दिनहुँ जसो नेता र नेतृत्व ओहोरदोेहोर गर्छन । तर यो बस्तीमा उनीहरुको ध्यान भने पुग्न सकेको छैन । गढवा गाउँपालिका १ कालाकाँटे (डाँडाटोल) अन्तर्गतका करिब ३० घरपरिवारको लागी पानी त पञ्चामृत जस्तै भएको छ । बस्तीमा दलित, जनजातीको बाहुल्यता बढी छ ।

Buddha International Hospital


चुनावका समयमा घरघरमा पानीका धारा नेताले आश्वासन बाँडेको यो समुदायले भुलेको छैन । चुनाव जितेर पदमा पुगेका नेता फर्केर नआएकोमा उनीहरूलाई दुखेसो छ । ‘चुनावका बेला नेता यही झुपडीमा आउथे, स्थानीय गोबिन्द बोहराले दुःखेसो पोख्दै भन्नुभयो, ‘बाटो नजिकै दुःख कटाएर बसेका छौँ । हाम्रो पीडा कसैले सुनेन् ।’


घरैपिच्छे पैसा उठाएर बनाएको कुवा त छ, त्यही कुवाबाट मोटर मार्फत टँंकीमा पानी आपुर्ती हुन्छ । तर कुवा नै सुकेपछी त्यहाँ पानीको हाहाकार मच्चिएको हो । ‘बोरिङ्ग गर्नको लागि ठूलो रकम हामीसँग छैन ।’ स्थानियवासी कुमारी सुवेदीले भन्नुभयो ‘हामीले पानीको समस्या भोग्न थालेको १५ बर्ष अघि देखि हो ।’

साविक गोवरडिहा गाविसले निर्माण गरिदिएको दुई हजार लिटर क्षमताको ट्याङकीले गाउँलाई पुग्ने भएपनि त्यहाँ बिहानै देखि रित्तो गाग्रीको ताँती लाग्छ । कुवा दिनैभर सुक्खा भए पनि मध्यरातमा केही मात्रामा पानी जम्मा हुन्छ । जम्मा भएको पानीलाई ट्याङकीसम्म सप्लाई गर्नको लागि स्थानिय रातभर सुत्दैनन् । मध्यरातमा मोटर चलाउन कै लागि भनेर घरैपिछ्य पालो लगाईएको छ । ‘पालो पर्ने रात त पुरै परिवार जाग्राम बस्नुपर्छ, स्थानिय प्रेम पुनले भन्नुभयो –‘निदाएपछि त कसैलाई एक घैँटो पानी मिल्दैन ।’ सबैसँग खानेपानीको योजना माग गरेपनि आफ्ना योजना प्राथमिकतामा पर्न नसकेकोमा स्थानिय चिन्तित छन् ।


यता गढवा गाउँपालिका वडा नम्वर १ का वडा अध्यक्ष बाबुराम अधिकारीले सांसद दामा शर्माको पहलमा १३ लाख बराबरको बोरिङ्गको योजना अघि सारेको बताउनुभयो । ‘पुराना योजनाका बजेट सबै कुवामै थुपारियो, बजेट पनि कमि नै हुन्थ्यो ।’ अधिकारीले भन्नुभयो –‘दिगो योजना नबनाए कै कारण समस्या थपिएको हो ।’ डाँडाटोल मात्र नभएर वडा १ अन्तर्गतका प्राय गाउँ टोलमा पानीकै अत्याधिक समस्या रहेको उहाँले जानकारी दिनुभयो । समस्या समाधानको लागी पहल थालेको अध्यक्ष अधिकारीको भनाई छ ।

Advertise with us