मनाइयो कानुन दिवस : ‘कानुनको सर्वोच्चता हामी सबैको प्रतिवद्धता’

Advertise with us


घोराही, २६ वैशाख । नेपालमा पहिलो पटक २००८ सालमा प्रधानन्यायालय कानुन निर्माण पछि २००९ सालमा त्यो कानुनको ऐनमा निर्माण भयो । जहाँ ‘कानुनको नजरमा सबै समान हुनेछन’ भन्ने बाक्य उल्लेख गरिएको थियो । जसले राज्यको स्वच्छाचारीलाई अन्त्य गरिदिएको थियो । सोही दिनको सम्झनामा हरेक वैशाख २६ गते कानुन दिवस मनाउने परम्परा अनुरुप विहिवार देशभर कानुन दिवस मनाइएको छ ।


Advertise with us
देशका विभिन्न भागमा भिन्दाभिन्दै कार्यक्रमको आयोजना गरि ‘कानुनको सर्वोच्चता हामी सबैको प्रतिवद्धता’ भन्ने मुल नाराका साथ कानुन दिवस मनाइएको हो । दाङमा पनि कानुन दिवसको अवसर पारेर दाङ देउखुरी जिल्ला अदालत र जिल्ला वार इकाइको संयुक्त आयोजनामा कानुन दिवस मनाइएको छ ।

Buddha International Hospital


कानुन दिवसको अवसरमा बोल्दै पुनरावेदन अदालत तुलसीपुरका मुख्य न्यायाधिस नहकुल सुवेदीले वोलीले होइन व्यवहारले कानुनको पालना गर्नुपर्ने बताए । कानुन कै आडमा नेपालमा लोकतन्त्र टिकेको भन्दै उनले कानुन नागरिक केन्द्रित हुनुपर्ने बताए । ‘ठुलालाई चैन, सानालाई ऐन, भन्ने उखानहरु सुन्नमा आउँछ । त्यो भनेको कानुन माथि शंखा गरेको हो ।’ उनले भने ‘यदि जनताको हितमा कानुन छैन भने ती कानुनहरुमा शंखा गर्ने ठाउँ रहन्छ र सुधार्नुपर्छ ।’ हरेक कानुन जनताको लागि बनाईएको हुदाँ जनताको हित विपरित कानुनी मान्यता स्थापित गर्न नसकिने उनको भनाई थियो ।

कानुन हुदैमा आर्दश राज्यका परिकल्पना गर्न नसकिने भन्दै उनले जनताको हितमा बनेको कानुन मात्रै आर्दश कानुन हुने बताए । कानुनको नजरमा सबै बरावर भएको हुँदा कानुन पालना गर्ने प्रतिवद्धता व्यक्त गर्ने मात्रै नभएर कानुन व्यवहारमा देखाउनुपर्ने बताए । सिद्धान्तमा अदालत कानुनको पर्याय, निष्ठा, निस्पक्ष, आशाको किरण भएको हुदाँ सोही अनुरुपको व्यवहार देखाउनको लागि न्यायाधिस र अधिवक्ताहरुलाई आग्रह गरे । साथै उनले जनताको अन्तिम आशा भनेकै अदालत भएको हुदाँ जनताको आशा, न्याय मर्न नदिन सबै निष्पक्ष हुनुपर्ने बताए ।


यस्तै कानुन दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितीका प्रमुख जितेन्द्रमान नेपालीले अदालत एवम कानुन राष्ट्रको मेरुदण्ड र महत्वपुर्ण अंग भएको बताए । उनले न्यायालयलाई सधै जनताको पक्ष, अशक्त, निमुखा, हेपिएका, पिछडिएकाको पक्षमा उभिनको लागि आग्रह गरे । कानुन शासन गर्नको लागि मात्र नभएर हेपिएको जनताको पक्षमा पनि हुनुपर्ने उनको भनाई थियो ।

जिल्ला न्यायाधिस हरिप्रसाद शर्मा पाण्डेले हरेक नागरिकले कानुनको पालना आफैबाट गरे देश आफै समृद्ध भएर जाने बताए । उनले सबैले प्रतिवद्धता मात्रै व्यक्ति गर्ने तर पालन गर्नेहरु नहुदाँ समस्या भएको बताए ।


यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले शान्ती र सुरक्षालाई टेवा पु¥याउने खालले कानुन कार्यान्वयन हुनुपर्ने बताए । उनले अझै पनि धेरै कानुनहरु व्यवहारिक नभएको भन्दै कानुनमा धेरै सुधारको खाँचो रहेको औल्याए । उनले न्यायपालिका स्वतन्त्र र सुरक्षाको प्रत्याभुति दिलाउने खालको हुनुपर्ने धारणा व्यक्त गरे । कार्यक्रममा नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तले न्यायपालिका पनि व्यवहारिक हुनुको विकल्पन नरहेको दावि गरे ।

उनले कानुन देशका नागरिकहरुको लागि बनाइएको हुदाँ उनीहरुको हितमा कार्यान्वय हुनुपर्ने जिकिर गरे । कार्यक्रममा दाङ देउखुरी जिल्ला अदालतका मुख्य न्यायाधिस हेमन्त रावलले समाजले कानुन बदल्न सके पनि कानुनले समाज बदल्न नसक्ने बताए । जहाँ पनि समाज अनुकुलको कानुन हुनुपर्ने भन्दै उनले कानुनको साहारामा समाज बदल्न खोजिए त्यहाँ द्धन्द्धको सिर्जना हुने बताए ।

कार्यक्रममा सुचनाको क्षेत्रबाट कानुनका जानकारीहरु जनतामाझ पु¥याउनको लागि टेवा पु¥याएको भन्दै रेडियो स्वर्गद्धारी र रेडियोकी सम्पादक बसुन्धरा गौतमलाई दोसल्ला ओडाएर सम्मानगरिएको थियो । कार्यक्रमको सहजिकरण दाङ दउखुरी जिल्ला अदालतका श्रेष्तेदार धनिप्रसाद चटाइले गरेका थिए ।