वडाध्यक्षको तलब छात्रालाई प्याड खरिदमा खर्च

घोराही, १६ मंसिर | घोराही उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष केशवराज आचार्यले आफ्नो पारिश्रमिक विद्यालयका छात्राहरुको सेनेटरी प्याड खरिदमा लगाउनुभएको छ ।

Buddha International Hospital

Advertise with us

वडाअन्तर्गतका १० वटा विद्यालयमा वडा अध्यक्ष भए बाफत आउने पारिश्रमिकले छात्राहरुका लागि सेनेटरी प्याड किनेर बाँढ्नुभएको हो । वडा अन्तर्गतका ८ वटा सरकारी तथा २ वटा निजी विद्यालयका प्रधानाध्यापक र स्वास्थ्य विषयका शिक्षकहरुलाई राखेर महिनावारीका समयमा बालिकाहरुलाई अप्ठेरो स्थिति आउन नदिनका लागि यो प्रयास थालेको बताउनुभयो ।

विद्यालयहरुमा सेनेटरी प्याडको व्यवस्था नहुँदा कतिपय बालिकाहरुले विद्यालय छोड्ने स्थितिसम्म पुगेको बताउँदै उहाँले आफ्नो यो प्रयासले बालिकाहरुमा सहजता ल्याउने विश्वास व्यक्त गर्नुभयो ।