नमुना बन्यो बट्टाई र कडकनाथ कुखुराको व्यवसाय

Advertise with us


घोराही, २६ वैशाख। बट्टाई व्यवसायबाट दाङ देउखुरीका व्यवसायीले राम्रो आम्दानी गर्न सफल भएका छन् । दाङमै नमुनाको रुपमा रहेको बट्टाई व्यवसाय अवलोकन कै लागि बट्टाई फर्ममा भिड नै लाग्ने गर्दछ । बट्टाई व्यवसायबाटसँगै कडकनाथ जातको कुखुरा पालन गर्नुभएका दाङ राप्ती गाउँपालिका पाँच जना यूवाहरुले मासिक एक लाख भन्दा बढी आम्दानी गर्दै आएका छन् ।


Advertise with us
एक बर्ष देखि व्यवसाय संचालन गरिरहनुभएका व्यवसायी भिमलाल आचार्यले बट्टाई व्यवसायबाट निकै राम्रो आम्दानी हुने गरेको बताउनुहुन्छ । बट्टाई र कडकनाथ जातको कुखुरा दाङमा नयाँ भएकोले पनि राम्रो व्यवसाय भएको उहाँको भनाई छ । ‘बिक्रीको लागि चिन्ता छैन, उत्पादन गर्न सके जतिपनी बिक्री हुन्छ’ व्यवसायी आचार्यले भन्न्ुभयो ‘उत्पादन भन्दा माग धेरै भएर किन्न आउने जति सबैलाई पु¥याउनै सकिएको छैन ।’

Buddha International Hospital


दैनिक पाँच सय बट्टाइ र कडकनाथ जातको कुखुरा उत्पादन गर्ने उनीहरुले दाङ भन्दा बुटवल, चितवन र काठमाण्डौबाट बढी माग हुने गरेको बताउछन । बट्टाई प्रतिगोटा तीन सय पचास र कडकनाथ कुखुरालाई तीन हजार पाँच सय देखि चार हजारसम्ममा बिक्री हुने गरेको छ ।
‘तीनसयमा बट्टाइ र कडकनाथको पोथी कुखुरालाई तीन हजार पाँच सय भालेलाई चार हजारसम्म पर्ने गर्दछ ।’ तौल लिएर भन्दा पनि प्रत्येकको सरदर एउटै मुल्य लगाइदिनएको व्यवसायी रेशम खड्काले बताउनुभयो ।


राप्ती गाउँपालिका मौरीघाट निवासी भिमलाल आचार्य, रेशम खड्का, केशव शर्मा, शंकर गौतम र प्रभात घिमिरेले संयुक्त रुपमा व्यवसाय संचालन गर्नुभएको हो । पाँच जनाले दुध संकलन गर्ने र बिक्री गर्ने काम पनि गर्दै आउनु भएको छ ।

साथै कडकनाथ कुखुराको अण्डाको मुल्य समेत निकै राम्रो पर्ने गरेको छ । कालो रंगको कडकनाथ कुखुराको अण्डा ८० रुपैयाँसम्ममा बिक्छ ।
कडकनाथ कुखुरा स्वाद र स्वास्थ्यका लागि प्रसिद्ध छ । कडकनाथ भारतमा पाइने एक मात्र कालो मासु भएको कुखुरा हो । भारतका विभिन्न भागमा यो कुखुरा पाइन्छ । केही जरूरी कुरामा ध्यान दिँदा यसलाई नेपालमा पनि पाल्न सकिन्छ ।