नेपाली कांग्रेसको जागरण अभियान उद्घाटनमै कुटाकुट, झडपपछि कार्यक्रमका सहभागीबीच भागभाग

सिन्धुपाल्चोक । नेपाली कांग्रेसको जागरण अभियान उद्घाटन सत्रौ झगडा भएको छ । पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर कार्यकर्ताबीच सिन्धुपाल्चोकमा झगडा भएको हो । झडप हुँदा सिन्धुपाल्चोकमा तरुण दलका १ कार्यकर्ता घाइते भएका छन् ।

Buddha International Hospital

Advertise with us

उद्घाटन सत्रको सुरुको मन्तव्य राखेका देउवामाथि पार्टीकै देउवाविपक्षी कार्यकर्ताहरुले एकलौटी पार्टी चलाएको आरोप लगाएका र त्यसपछि देउवापक्ष र विपक्षबीच विवाद भएको हो ।

सो क्रममा कांग्रेस केन्द्रीय सदस्य मोहन बस्नेतनिकट तरुण दल १ नम्बर क्षेत्रका समानान्तर समितिका अध्यक्ष चोकबहादुर श्रेष्ठ घाइते भएका हुन् । झडपपछि कार्यक्रमका सहभागीबीच भागभाग समेत मच्चिएको जनाइएको छ ।

कार्यकर्ताबीच विवाद भएपछि कांग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेतले सम्झाउने प्रयास गरे पनि कार्यकर्ता थप उत्तेजित बन्दै कुटपिटमा उत्रिएका थिए । कार्यक्रममा तनावपछि बस्नेत समस्या बोकेरै राजधानी फर्केको पार्टी जिल्ला सभापति विकास लामाले बताए ।

Advertise with us