दाङमा रोकिएन आगलागीको घटना

एकैदिनमा १२ घरगोठ जलेर नष्ट

तुलसीपुर, २६ बैशाख | दाङका विभिन्न ठाँउमा हिजो साँझ भएको आगलागीबाट १२ घरगोठ जलेर नष्ट भएका छन् भने ५३ लाख बढीको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका—१ सिरुखर्क र राप्ती गाँउपालिका—१ पटौलीमा भएको आगलागीबाट ६ घर र ६ गोठ जलेर नष्ट भएको  छ । आगलागीबाट ५३ लाख ४० हजार हजार बराबरको क्षति भएको हो ।

Buddha International Hospital

Advertise with us

घोराही उपमहानगरपालिका—१ सिरुखर्क ५ घर र ५ गोठमा आगलागी हुँदा ५० लाख ९० हजार बराबरको क्षति भएको छ । बस्ती नजिकै रहेको सल्लीकोट सामदायिक बनबाट फैलिएको आगाले हेमलाल थापा, मेघराज थापा, शिबलाल थापा, देवबहादुर थापा र प्रेमबहादुर थापाको ५ घर र ५ गोठ जलेर नष्ट भएका छन् ।

बनमा फैलिएको आगोको झिल्काले हेमलाल थापाको टिनले छाएको घर र फुसले छाएको गोठमा आगलागी हुँदा १३ लाख बराबरको क्षति भएको छ । त्यसैगरी प्रेम थापाको फुसले छाएको घर र गोठमा आगोले जलेर नष्ट भएका छ । आगलागीबाट ११ लाख ५० हजार बराबरको क्षेती भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी मेघराज थापाको फुसले छाएकोे घर र गोठ आगालागी हुँदा ९ लाख , शिवलाल थापाको फुसले छाएको घर र १ गोठमा आगलागी हुँदा ८ लाख र देवबहादुर थापाको फुसले छाएकोे घर र फुसले गोठमा आलागी हुँदा ९ लाख ४० हजार बराबरको क्षेती भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता बिनोद विक्रम शाहले जानकारी दिनुभयो ।

यसै गरी राजपुर गाउपालिका १ पटौली नाकाका गगन बस्नेतको घर गोठमा सोलारको तार सट हुँदा घर र गोठ जलेर नष्ट भएको छ । आगोमा परि ४ ओटा बाख्रा मरेका छन् । आगलागीबाट २ लाख ५० हजार बराबरको क्षति भएको छ ।

मंगलबार मात्रै घोराही उपमहानगरपालिका—१ तल्लो मालेमा ८ घरगोठ जलेर नष्ट हुँदा साढे ३१ लाखको क्षति भएको थियो । दाङमा पछिल्लो साता दैनिकजसो आगलागीका घटना हुने गरेका छन् । दैनिकजसो हुने आगलागीका घटनामा क्षति विवरण आएपनि क्षतिलाई कम गर्न गरिएका प्रयास निरर्थक भएका छन् । बाक्लो बस्ती, अग्नी नियन्त्रक सामाग्रीको अभाव, भौगोलिक संरचना, घरगोठ फुसले छानो हुनु लगायतका कारण आगो लागि सकेपछि क्षति कम गर्न सकिएको छैन् ।

Advertise with us