स्थानिय निकायलाई भुउपयोग सामाग्री हस्तान्तण

घोराही, २५ वैशाख । प्रदेश नम्वर पाँच अन्र्तगत भुमि व्यवस्था तथा गरिवि निवारण मन्त्रालय अन्तरगतको नापि विभागले जिल्लाका दश वटै स्थानिय निकायलाई भुउपयोग सामाग्री हन्तान्तरण गरेको छ । विभागले सरकारले पछिल्लो समय निर्माण गरेको भुउपयोग नीति, स्थानिय तहका नक्सा, तथ्याङ्क तथा प्रतिवेदनहरु प्रत्येक स्थानिय निकायलाई छुट्टा छुट्टै वितरण गरेको थियो ।

Buddha International Hospital


Advertise with us
विभागले जिल्लाका दश वटै स्थानिय तहका प्रमुख, उपप्रमुख तथा पालिकाका प्रतिनीधिहरुलाई सहभागि गराएर आफ्नो क्षेत्र भित्र के कसरी भुउपयोग नीति लागु गर्ने भन्ने वारेमा जानकारी समेत गराएको थियो ।

जिल्ला समन्वय समितीका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश ५ की नापि विभागकी अधिकृत प्रतिमा बस्नेतले सरकारले तयार पारेको तथ्याङ्कमा प्रत्येक स्थानिय तहको कृषि, पर्यटन, औद्योगीक, सार्वजनिक जग्गाहरु छुट्याइएको, कृषि भुमिको चक्लाबन्दी गर्ने, भुमिलाई वातावरण मैत्रि तरिकाले उपयोग गर्ने विधिहरु समेत भएको बताइन ।


नापि विभागबाट प्राप्त उक्त तथ्याङ्कमा स्थानिय निकायले आफ्नो क्षेत्रको विकासे काम गर्नको लागि समेत सहज हुने बताइन । कार्यक्रममा प्रदेश नम्वर ५का सांसद अमरबहादुर डागीले पछिल्लो समय कृषि योग्य जमिन नासिदै गएको प्रति चिन्ता व्यक्त गरे । सबै स्थानिय निकायका प्रतिनीधिहरुलाई आफ्नो क्षेत्र भित्रको कृषि जमिनलाई सुरक्षित बनाउनको लागि पहल गर्न समेत अनुरोध गरे ।