कांग्रेसको जागरण अभियान सुरु

Advertise with us


दाङ, वैशाख २५ । नेपाली कांग्रेसले बुधबारबाट राष्ट्रिय जागरण अभियान सुरु गरेको छ । महासमिति बैठकले पारित गरेको नीति कार्यक्रम तथा संशोधित विधान बारे पार्टीको स्थानीय तहसम्मलाई जानकारी दिने उद्देश्य सहित सहित अभियान सुरु गरेको हो ।


Advertise with us
हिमाल पहाड तराई मधेश, नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान नामको जागरण अभियान ३ चरणको हुनेछ । यसैक्रममा नेपाली कांग्रेस दाङले बुधबार घोराहीमा एक कार्यक्रमको आयोजना गरेर अभियानको सुरुवात गरेको छ । जिल्ला पार्टी सभापती किर्तीबहादुर खड्काको अध्यक्षता एवं केन्द्रिय सदस्य मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम गरी जनजागरण अभियान सुरु गरेको हो ।

Buddha International Hospital


कार्यक्रममा प्रमुख अतिथी बस्नेतले कांग्रेस एक हुनु पहिलो जागरणको सन्देश भएको बताएका छन् । कांग्रेस आफैमा एक हुन सके मात्रै अभियान सार्थक हुने भन्दै उनले जनताको मन जित्ने गरी पार्टीलाई एकता र बिचारमा प्रतिबद्धता कायम हुनुपर्ने बताएका छन । समय अनुसारको पार्टी नितिलाई अबलम्बन गर्नुपर्ने उनको भनाई छ ।


साथै बर्तमान सरकारले गर्ने गलत कार्यको खुलेर बिरोध गर्न र जनताको साथमा उभिन समेत नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । विकास विरोधी आफुहरु नभएको तर सरकारले गर्ने गलत कार्यको भने भण्डाफोर गरेर सचेत पार्न आग्रह गरेका छन् । जागरण अभियानका क्रममा कांग्रेस पार्टी पक्तिको नवीन ढंगको एकता, समन्वय साथै पार्टी सुदृढीकरणका गतिविधि बढाउने कांग्रेसले जनाएको छ ।

त्यस्तै, कांग्रेसको नेतृत्वमा विगतमा हासिल गरेको राजनीतिक उपलब्धी तथा समृद्धिको दिशामा गरिएका कामको पनि अभियान मार्फत जानकारी गराउने तयारी गरेको छ ।