लालपुर्जा माग्दै भुमिहिन सडकमा ( फोटो फिचर सहित )


दाङ, वैशाख २५ । लामो समयदेखि राज्यसँग भुमि व्यवस्थापनको माग गर्दै आएका दाङका भुमिहिन तथा सुकम्बासी किसानहरुले फेरी आन्दोलनमा उत्रिएका छन् । दाङका भूमिहीन तथा सुकुम्बासी किसानहरुले बस्दै आएको जग्गाको लालपूर्जा माग्दै सडकमा उत्रिएका हुन् ।


Advertise with us
देशमा राजनीतिक परिवर्तनपछि स्थायी सरकार निर्माण हुँदा पनि स्थानीय सरकार र सम्बन्धीत निकायहरु मौन बसेको भुमिहिनहरुले आरोप लगाएका छन् । भूमि सम्वन्धि समस्या समाधानको माग राख्दै जिल्लाका करिब २ हजार भुमिहिन किसान सडकमा उत्रिएका हुन । भूमि माथिको बेथिति र सबै खालको भ्रष्टाचार बिरुद्ध खबरदारी गर्न सडकमा उत्रिएको उनिहरुले बताएका छन् ।

Buddha International Hospital


राष्ट्रिय भूमि अधिकार मञ्चको अगुवाइमा भूमिहिन किसानले जिल्ला मालपोत कार्यालय दाङमा २ घण्टा धर्ना दिएका छन । सरकारले भूमिको समस्या समाधान गर्न ध्यान नदिएको उनिहरुको गुनासो छ । चुनावी नारामा पुर्जा पायौं तर व्यवहारमा नपाएपछि आन्दोलन मै उत्रिएको राष्ट्रिय भूमि अधिकार मञ्चका केन्द्रीय उपाध्यक्ष मेघबहादुर बिसीले बताएका छन । ‘चुनावमा राम्रा राम्रा कुरा गर्ने तर सत्तामा पुगेपछि कुनै पनि काम नगर्ने ?’ स्थानीय जतप्रतिनिधिहरुप्रति पनि आक्रोश ब्यक्त गर्दै विसीले भने, ‘वर्षौदेखि पछाडि परेको समुदायलाई राज्यले हेरेन ।’


धेरै भूमि आयोग बने पनि समस्या समाधान नभएको भन्दै उहाँले शक्तिशाली भूमि आयोग बनाएर काम अघी बढाउनु पर्ने सुझाब दिनुभयो । बस्दै आएको जग्गाको लालपूर्जा र जमिन नभएकाहरुलाई जमिनको व्यवस्था गर्न माग गर्न थालेको बर्षौ भए पनि नपाएको भन्दै उनिहरुले गुनासो गर्दै आएका छन् ।

गढवा ५ निवासी विन्तिराम यादवले पुर्जा माग्दै सडकमा आन्दोलन गरेर हिड्न थालेको एक दशक नाघी ससकेको बताएका छन । तर, अहिलेसम्म उहाँले पुर्जा पाउन सक्नुभएको छैन ।