जन्मदिनमा औषधी प्रदान

देउखुरी, २५ वैशाख । स्वास्थ्य कर्मी बसन्त कुमार रावतले आफ्नो जन्मदिनको अवसर पारेर नागरिकको स्वास्थ्य रक्षाको लागि सिसहनिया स्वास्थ्य चौकीलाई ६५ हजार बरावरको औषधी प्रदान गरेका थिए ।

Buddha International Hospital


Advertise with us
बुधवार एक कार्यक्रमको आयोजना गरि सिसहनिया निवासी स्वास्थ्य कर्मी बसन्त कुमार रावतले ५९औ जन्म दिनको अवसरमा स्वास्थ्य चौकी सिसहनियाका ब्यवस्थापन समिति अध्यक्ष तथा स्वास्थ्य चौकी ईन्चार्जलाई औषधि प्रदान गरेका थिए ।


आफ्नो जन्मदिनमा स्वास्थ्य प्रेमि भएका कारण गरिव विपन्न नागरिकलाई सामान्य औषधिको अभावमा रोगबाट ग्रस्तहुनबाट बचाउन सकिन्छकी भनी आफुले सक्दो सहयोग गर्ने मनसायले औषधि स्वाथ्य संस्थालाई उपलब्ध गराएको रावतले बताएका थिए ।

वडा नं ५ का वडा अध्यक्ष तथा स्वास्थ्य चौकी सिसहनियाका ब्यवस्थापन समिति अध्यक्ष गोवर्धन रावतको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरि करिव ६० प्रकारका औषधि स्वास्थ्य कर्मी बसन्त कुमार रावतले प्रदान गरेका थिए ।