कक्षा थपको माग गरेका विद्यालयको स्थलगत अवलोकन

देउखुरी, २५ वैशाख । कक्षा थपका लागि राप्ती गाउँपालिका शिक्षा शाखामा निवेदन पेश गरेका विद्यालयहरुको गाउँपालिकाको तर्फवाट स्थलगत अवलोकन सुरु गरिएको छ ।

Buddha International Hospital


Advertise with us
विद्यालयको भौतिक संरचना, शैक्षिक प्रगति, विद्यार्थी अनुकुलीत बातावरण, खेल मैदान, पुस्तकालयको अवस्था, विज्ञान प्रयोगशाला, सरसफाई, कानुनी प्रवधान अनुसारको कागजपत्र, नविकरण, नियमितता, विद्यार्थी संख्या लगायतका विभिन्न विषयमा गाउँपालिकाको तर्फवाट अनुगमन गरिएको हो ।


विभिन्न चरणमा गरिने अवलोकन, अनुगमनमा बुधवार राप्ती गाउँपालिका सामाजिक विकास समितिका संयोजक विद्याशरण चौधरी तथा शिक्षा शाखा अधिकृत विश्वास वि.क.लगायतको टोलीले बुधवार नेपाल राष्ट्रिय माध्यामीक विद्यालय, देउखुरी भ्याली ईङलीस स्कुल, दिप बोडिङ स्कुल र स्वर्गद्धारी प्राविको प्रथम चरणमा स्थलगत अनुगमन गरेका थिए ।

यस वर्ष १४ विद्यालयहरुबाट कक्षा थपको लागि अनुमति माग गरेको र सबै विद्यालयको प्रक्रिया पुगेमात्र कक्षा थपको अनुमति दिन सकिने राप्ती गाउँपालिका सामाजिक विकास समितिका संयोजक विद्याशरण चौधरीले बताएका थिए ।


यस वर्ष राप्ती गाउँपालिकामा विद्यालयहरुले कक्षा ११, तथा कक्षा ४ देखी ९ सम्मको कक्षाथपको अनुमति माग गरेका छन् ।