भुल्केमा निशुल्क पशु स्वास्थ्य शिविर

 

Buddha International Hospital

देउखुरी, २५ वैशाख, राप्ती गाउँपालिकाको विकासोन्मुख गाउँ भुल्केमा पशु स्वास्थ्य शाखाको आयोजनामा निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । राप्ती गाउँपालिका पशु स्वास्थ्य शाखाको नियमित कार्यक्रम अन्तरगत वडा नं ५ को भुल्केमा पशु स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।

Advertise with us


वडा नं ५ का अध्यक्ष गोवर्धन रावतले पशुहरुलाई औषधी खुवाएर सुरुवात गरेका थिए । शिविरमा ३ सय ४५ बाख्रा, ४५ गाई गोरु, ५ भैसी, २४ बंगुर, ५० कुखुराहरुको परिजिवी नियन्त्रणका लागि औषधी दिईएको छ साथै ४० गाई गोरु ५ भैसीमा भ्यागुते रोग विरुद्ध खोप लगाईएको छ ।
शिविरमा २५ बंगुरमा स्वाईनफीवर विरुद्ध खोप, २४ पशुको स्वास्थ्य उपचार गरिएको छ भने खोरेत विरुद्ध खोप र ३१ बोका र २२ गोरुको बन्ध्याकरण गरिएको छ ।


पशु सेवा शाखा, राप्ती प्राविधिक शिक्षालयका पशु विज्ञानका तेस्रो वर्षका तथा आई य सि ए जि दोस्रो वर्षका २६ विद्यार्थी समेतको पशु स्वास्थ्य शिविरमा सहभागीता रहेको थियो ।

 

Advertise with us