सिलाई कटाई तालिम सुरु

Advertise with us

देउखुरी, २५ बैशाख | लमही नगरपालिका वडा नम्बर ५ को वडा कार्यालयको आयोजनामा दुई महिने एडभान्स् सिलाई कटाई तालिम सुरु भएको छ । लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष बिमबहादुर केसीको अध्यक्षता तथा लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीको प्रमुख अतिथिमा लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले दुई महिने एडभान्स् सिलाई कटाई तालिमको उक कार्यक्रमका बिच उद्घाटन गर्नुभयो ।

Buddha International Hospital

Advertise with us

उद्घाटन गर्दै लमही नगरपालिका नगर प्रमुख केसीले नगर क्षेत्रमा रहेका प्रनिर्भर महिलाहरु लाई सिलाई कटाई तालिमबाट आत्मनिर्भता बनाउने बताउनुभयो । लमही नगरपालिकाले विभिन्न तालिम तथा गोष्ठी सञ्चालन गरि नगर क्षेत्रमा रहेका चुलोचौकोमा सिमित महिला तथा व्यरोजगार महिलाहरु लाई रोजगारमुखी बनाउने लक्ष्य बोकेको नगर प्रमुख केसीले बताउनुभयो ।

यस्तै कार्यक्रममा लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष बिमबहादुर केसीले दुई महिने एडभान्स् सिलाई कटाई तालिममा सहभागि महिलाहरुलाई सिकेको सिपलाई व्यबहारमा ल्याउने आग्रह गर्नुभयो । साथै वडाध्यक्ष केसीले व्यरोजगार भएका महिलाहरुलाई कसरी रोजगारी बनाउने विषयमा चिन्तित रहेको बताउनुभयो ।

तालिमको प्रशिक्षकमा मिना गुरुङ् रहनु भएको छ । तालिमा पन्ध्र जना महिलाहरुको सहभागिता रहेको छ । कार्यक्रममा लमही नगरपालिका वडा नम्बर ५ का वडा सदस्य भगबता बस्नेत, जगनारायण चौधरी, दलित महिला सदस्य सिताकुमारी परियार कुमार भट्राई, प्रशिक्षक मिना गुरुङ् लगाएतले मब्तब्य राख्नु भएको हो । भगवता बस्नेतको स्वागत मब्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण दलित महिला सदस्य सिताकुमारी परियारले गर्नु भएको थियो ।