सिद्धार्थ उद्योग वाणिज्य संघको टोलीलाई दाङमा स्वागत


दाङ, वैशाख २५ । लुम्बिनी भ्रमण वर्ष २०७६ को प्रचारप्रसारका लागि हिडेको सिद्धार्थ उद्योग बाणिज्य संघ भैरहवाको टोलीलाई दाङ जिल्ला उद्योग बाणिज्य संघले घोराहीमा स्वागत गरेको छ । प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्षको रुपमा मनाउने निर्णय गरे सँगै स्थानीय नीजि क्षेत्रको रुपमा काम गर्दै आएको सिद्धार्थ उद्योग बाणिज्य संघको टोली विभिन्न जिल्लामा अन्र्तक्रिया गर्दै रारा सम्म पुग्ने योजना बनाएको छ ।

Buddha International Hospital
Advertise with us

योजना अनुसार घोराहीका उद्योगी व्यवसायीहरु संग छलफल भएको छ । नीजि क्षेत्रबाट उद्योग बाणिज्य संघले गरेको पर्यटन विकासको भुमिका उल्लेख्य रहेको बताएका छन् । सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष्न कुलबहादुर न्यौपानेले लुम्बिनी भ्रमण वर्षकै क्रममा प्रचारप्रसार र भ्रमण गरेर सहयोग गरिदिन आग्रह गर्नुभयो । उहाँले २०११ सालमा स्थापना भएको बाणिज्य संघले व्यवसायीहरुलाई परेको नीतिगत समस्या समाधानका लागि केन्द्रसम्म पहल गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य ध्रुवराज श्रेष्ठ भारीले दाङ र राप्तीको पर्यटन विकास र ब्यापार तथा उद्यमको विकासका लागि काम गर्दै आएको बताउनुभयो । उद्योग बाणिज्य संघले महायञ सञ्चालन गरेर बचत भएको बजेटबाट सुरु गरेको सभागृह निर्माणको काममा सरकारको बजेट मार्फत अहिले काम भैरहेको उहाँले बताउनुभयो ।

दाङ जिल्ला उद्योग बाणिज्य संघका कार्यबाहक अध्यक्ष टंकसिंह बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा विश्वकै सबै भन्दा ठुलो त्रिशुल रहेको पाण्डवेश्वर मन्दिर धारापानी धामको तस्वीर रहेको मायाको चिनो सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष कुलबहादुर न्यौपानेलाई प्रदान गरिएको थियो । कोषाध्यक्ष सुशिल पोख्रेलको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव नरेश कार्कीले गर्नुभएको थियो ।

Advertise with us