नवलपरासीमा लोकल कुखुरामा बर्डफ्लु भेटियो, १२ घरको स्थानीय पंक्षी नष्ट

नवलपरासी । नवलपरासीको मध्यविन्दु नगरपालिका २ नन्दपुरमा लोकल कुखुरामा बर्डफ्लु भेटिएको छ । मध्यविन्दु नगरपालिका २ नन्दपुरका पिताम्बर महतोको घर बर्डफ्लु भेटिएको मध्यविन्दु नगरपालिका पशु सेवा शाखा प्रमुख डा. श्याम कृष्ण तिवारीले बताए ।

Blog Post Ad

Blog Post Ad

डा. तिवारीका अनुसार पिताम्बर महतोको घर लोकल कुखुरा धमाधम मर्न थालेपछि उनले परीक्षणका लागि कुखुरा चितवनको राष्ट्रिय पंक्षी ल्याबमा लगेका थिए । त्यहाँ बर्डफ्लु भएको पुष्टि भएपछि थप परीक्षणको लागि काठमाडौंमा रहेको केन्द्रिय ल्याबमा लगेपछि कुखुरा नष्ट गरिएको हो ।

डा. तिवारीका अनुसारका पिताम्बर महताको घरलाई केन्द्र विन्दु मानेर तिनको दायाँबायाँका १२ घरमा रहेका १ सय ८१ वटा हाँस, ६५ वटा स्थानीय कुखुरा, ७८ अण्डा, ३४ किलो दाना, साढे चार किलो कुखुराको सुली सुरक्षित तरिकाले नष्ट गरिएको छ । नष्ट गरिएको पंक्षी र पंक्षीजन्य वस्तुलाई खाडल खनेर पुरिएको उनले बताए ।

गण्डकी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी व्यवस्था मन्त्रालयको टोली, गण्डकी प्रदेशकै पशुपंक्षी विकास निर्देशानलय, पोखराको पशु पंक्षि रोग अन्वेशण प्रयोगशाला, मध्यविन्दु नगरपालिकाको पशु सेवा शाखाका डा. तथा प्राविधिकहरुको टोलीले कुखुरा, हाँसलगायतका पंक्षी नष्ट गरेको हो ।

बर्डफ्लु भेटिएका आसपासका क्षेत्रमा बर्डफ्लु भए नभएको पत्ता लगाउनका लागि निजका अन्य घर तथा गाउँबाट जिउँदा कुखुरा तथा हाँसहरुको नमुना संकलन गरी परीक्षणका लागि पठाएको डा. तिवारीले बताए । नेपालमै पहिलो पटक केही दिन अगाडि बर्डफ्लुका कारण एक जना मानिसको निधन समेत भएको छ ।

 

rajdhani daily

Leave a Reply

Your email address will not be published. Required fields are marked *