आगलागीबाट ६ घर २ गोठ जलेर नष्ट

३१ लाख ५० हजारको क्षति


तुलसीपुर, २५ बैशाख/
दाङमा गएराती भएको आगलागीबाट ६ घर र २ गोठ जलेर नष्ट भएका छन् । घोराही उपमहानगरपालिका—१ तल्लो मालेका चुमानसिंह बिष्ट, टुकमान गमाल र गमबहादुर गमालको ६ घर र २ गोठ आगोले जलेर नष्ट भएका भएका हुन् । आगलागीबाट करिब ३१ लाख ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Advertise with us

सल्लीबोट सामुदायीक बनमा आगोलागी हुँदा ६ घर र २ गोठ जली पुर्ण रुपमा जलेर नष्ट भएका भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता बिनोदबिक्रम शाहले जानकारी दिनुभयो । घोराही उपमहानगरपालिका १ तल्लो मालेका चुमान सिंह बिष्टको फुसले छाएको १ घर, १ गोठमा आगलागी हुँदा करिब ६ लाख बराबरको क्षति भएको छ ।

Buddha International Hospital

त्यसैगरी आगोले गमबहादुर गमालको फुसले छाएको २ वटा घरमा क्षति गरेको छ । आगलागीबाट करिब ११ लाख ५० हजार बराबरको क्षेती भएको प्रवक्ता शाहले जानकारी दिनुभयो ।

त्यसैगरी आगलागीबाट टुकमान गमालको जस्तापाताले छाएको १ वटा घर जलेर नष्ट भएको छ । आगलागीबाट ७ लाख बराबरको क्षेती भएको प्रहरीले जनाएको छ । आगोले श्याम लाल बिष्टको फुसले छाएको २ घर, १ गोठ जलेर नष्ट भएको छ । आगलागीबाट करिब सात लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । आगो स्थानीय र प्रहरीले करिब तीन घण्टापछि नियन्त्रणमा आएको थियो ।

गर्मी मौसम शुरु भएसंगै आगलागीका घटनामा बढ्दै गएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार दैनिकजसो आगलागीका घटना हुने गरेका छन् । सोमबार दिउँसो मात्रै शान्तिनगर—४ जुम्लेकुलामा तीन घरमा आगलागी हुँदा ३४ लाख बराबरको क्षति भएको थियो।।