विद्युत अनियमित हुँदा उपभोक्ताहरु मारमा


तुलसीपुर , २५ वैशाख/
दाङमा पछिल्लो समय विद्युत अनियमित हुदा उपभोक्ताहरु मारमा परेका छन् । विद्युत अनियमित हुँदा जिल्लाका उद्योग, व्यापार तथा सार्वजनिक सेवा प्रवाह प्रभावित भएको छ ।

Advertise with us

विद्युत प्रवाह अनियमित हुँदा बैंक तथा वित्तीय संस्था, छापाखाना, विद्युतीय सञ्चार माध्यम, फर्निचर, मासु, ग्रिल उद्योगसँगै विद्युतीय उपकरणद्वारा सञ्चालित उद्योग व्यवसाय प्रभावित बनेको उपभोक्ताहरु बताउछन् ।

Buddha International Hospital

 

विद्युत आउनेजाने क्रमको निश्चित नहुँदा मेसिनरीकार्य सञ्चालन प्रभावित भएको छ । विद्युत प्रवाह अनियमित हुँदा यहाँका घरेलु तथा साना उद्योगको उत्पादन प्रभावित भएको छ ।

 

गर्मीयामको सुरुवातसँगै विद्युत प्रवाह अनियमित हुँदा सर्वसाधारणको दैनिक जनजीवन समेत प्रभावित हुन गरेको छ । बेलुका पख विद्युत लामो समय कटौती हुदा उपभोक्ताहरु थप मारमा पर्ने गरेका छन् ।

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र घोराहीले लोड धान्न नसक्दा अनियमित हुने गरेको बताउछ । शब स्टेशन लमहीबाटै विद्युत सूचारु नहुदा पनि पश्चिम क्षेत्रमा लाईन जाने गरेको कार्यालयको भनाई छ ।।