फर्निचरमा आगलागी हुँदा १० लाखको क्षति

Advertise with us


तुलसीपुर, २४ बैशाख | दाङ तुलसीपुरको एक फर्निचर उद्योगमा आगलागी हुँदा १० लाख रुपैँया बराबरको क्षति भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ टरिगैंको ओम फर्निचर उद्योगमा आगलागी हँदा करिब १० लाखको क्षति भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक भीमबहादुर कार्कीले बताए ।

Buddha International Hospital
Advertise with us

बिद्युत चुहावट भएर आगलागी हुँदा एउटा मोटरसाईकल, एकथान काठ चिर्ने मेसिन, दुईजोर झ्याललगायतका सामाग्रीहरु जलेर नष्ट भएको हो । आगोलागेपछि समयमै प्रहरी पुगेकाले थप क्षति हुन नपाएको प्रहरीले जनाएको छ । उद्योगका सञ्चालक ओम नारायण चौधरीले भने बिद्युत सर्टभएर नभई कसैले सुनियोजित तरिकाले आगो लगाएको हुन सक्ने आशंका व्यक्त गर्नुभएको छ ।


आगलागी भईरहेको अबस्थामा पनि बाहिरका बत्ति बलिरहेको भन्दै यो बिद्युत सर्ट भएर नभई कसैले ब्यक्तिगत रिसिईबीका कारण आगलागी गराएको हुन सक्ने उनको भनाई छ ।