लेखक कर्ण शाक्यको अनुभव – ‘सुखले होइन, दुखले जीवनको कथा बन्छ’

Advertise with us


रीता लामा
घोराही, २४ वैशाख । विगत आधा सताब्दी देखि होटेल र पर्यटन व्यावसायमा सफल नाम हो कर्ण शाक्य । उनी चर्चित लेखक पनि हुन् । आफै मेहेनत गर्नुपर्छ र सकारात्मक सोच राख्नुपर्छ भन्ने उनको लेखनको मुल मर्म हो । सोही मर्मको कारण उनी सबैको नजरमा परेका छन् । पछिल्लो पुस्ताको रुचाइएका लेखक एवम वक्ता हुन् शाक्य ।

Advertise with us


उनै शाक्य सोमवार गोर्खा ग्रुप द्धारा संचालित भिक्टोरिया कलेजको दशौ बार्षिक समारोहमा देखिए । विद्यार्थी, अभिावक, शिक्षक एवम संचारकर्मीहरुलाई आफ्ना केही अनुभव सुनाए । जीवनमा आफुले भोगेका घटना अनि जीवनमा त्यसले पारेको प्रभावको बारेमा केही अंश कथा पनि भने ।

Buddha International Hospital


उनको भनाईको मुल सार थियो ‘सुखले होइन दुखले कथा बन्छ ।’ जहाँ समस्या आउछ त्यहाँ सफलता पनि आउछ अर्थात समस्याको पुच्छर हो समाधान । उनको विचारमा ‘समस्याले सफलता देखाउछ अर्थात समस्याले भाग्यमानीको मात्रै ढोका घच्घच्याउँन आइपुग्छ ।’ जीवनमा आइपरेका विभिन्न समस्याको वातजुत नै सोच, खोज र मोज जस्ता किताव निस्किन सफल भएको उनले दावि गरे । उनको भनाईमा जीवनमा आउने सुख र दुख मध्य सुख विर्सिदै जाने चिज हो भने दुःख रहेक क्षण मनमा आउने चिज हो । मान्छेको जीवन सफल हुनको लागि दुख पटक पटक आउनुपर्छ । मान्छेलाई सचेत बनाउनुपर्छ ।

त्यती मात्र होइन एउटा व्यक्तिले जीवनमा सफलता पाउनको लागि सपना देख्नुपर्छ । सपना र विपनाको बीच ताल मेल हुनुपर्छ । आफुले लामो समयसम्म पर्यटन र होटेल व्यावसायमा विताउदाको अनुभवबाट यी कुरा सिकेको उनको भनाई थियो । सपनाले मात्रै मान्छेलाई उर्जा दिने भन्दै शाक्यले मनमा इमान्दारीता, काधमा जिम्मेवारीता र दिमागमा समझदारी भए मात्रै सपना साकार मात्रै होइन उच्च सफलतामा पुग्ने दावि गरे ।

उनले सहभागिलाई सुझाव दिदै भने ‘सबैले अरुको उदाहरण दिएर कुराको सुरुवात गर्छन् तर सधै आफ्नो उदाहरण दिएर कुराको सुरुवात गरौ । अर्थात जीवनमा केही भन्न लायक काम गरौँ ।’ जीवनलाई उदाहरणी बनाउन जरुरी रहेको जिकिर गर्दै लेखक शाक्यले भने ‘मैले के गरे, के गर्न बाँकी छ आदि कुरा समाजलाई भन्न सक्नुपर्छ ।’

देशले केही दिएन भन्दै पछिल्लो समय विदेशीने युवा जमातप्रति उनको चित्त दुखाई थियो । करिव देशको ३० प्रतिशित जनता विदेशमा रहेको हुदाँ देशप्रतिको नकारत्मक धारणा बढ्न थालेको उनले बताए ।


‘बास्तवमा हामो देश गरिव छैन । पटक पटक गरिव छ भन्ने शब्द प्रयोग गरेर गरिव जस्तो बनाइएको छ ।’ देशका जनता विदेशीदा यसले देशलाई ठुलो नोक्सान र गम्भिर अवस्थामा ल्याईपु¥याउन लागेको बताए ।

देशमा प्रचुर सँम्भावना हुदाँहुदै पनि युवा विदेशीनु उचित नभएको उनले बताए । विदेश जानु भनेको नोकर बन्न जानु हो भन्ने उनको दावि थियो । ‘म हरेकलाई भन्ने गर्छु, तपाई देशमा बस्नुस् । मालिक बन्नुस । विदेशमा तपाईले जस्तो सुकै जागिर गरे पनि बन्ने भनेको नोकर नै हो ।’ देशमा चिया बेचर पनि मालिक बन्न सकिने उनले भनाई थियो । साथै आफ्नै देशमा सानो तिनो भए पनि काम गरेर जीवन चलाउनुको आत्मसम्मान अरु देशमा नपाइने बताए ।

तपाईले आफनो घडिको सुइ आफु अनुकुल चलाउन सक्नु नै मालिक बन्नु हो, भन्दै लेखक शाक्यले आफुलाई आफ्नो इच्छा अनुकुल चलाउन जान्नु नै सफलतालाई चिन्नु हो ।

भिक्टोरिया कलेजको बार्षिक उत्सवको अवसरमा जीवन र दर्शनको गीत गाउने गायक शिशिर योगी पनि सहभागी थिए । दाङको देउखुरी घर भएका योगीले ‘यो देशमा म एउटा मान्छे खोजिरहेछु’ भन्ने गीत गायर कार्यक्रमको शुराम्भ गरेका थिए भने कार्यक्रममो अन्तसम्म विभिन्न चर्चित एवम उर्जावात जीवन्त गीत गाएका थिए ।

भिक्टोरिया कलेकका कार्यक्रम संयोजक कुलबहादुर चौधरीले आफुहरुले विद्यार्थीहरुमा उत्साह, प्रेरेणा प्रदान गर्नको लागि, उनीहरुमा सकारात्मक परिवर्तन गर्न र उर्जाको प्रदान गर्नको लागि यसप्रकारको कार्यक्रम गरेको जानकारी दिए ।

कार्यक्रममा सफल युवा व्यावसायी एवम वैज्ञानिक मार्सल रोकालाई कदरपत्र सहित सम्मान गरिएको थियो । यसैगरी भिक्टोरिया कलेजकी पुर्व विद्यार्थी लक्ष्मी भण्डारीलाई युनिभर्सिटि टप भएको भन्दै सम्मानपत्र र मेडलले सम्मान गरिएको थियो । भने, अन्य उत्कृष्ट अंक ल्याउने १४ जना डेनलिस्ट विद्यार्थीलाई पनि सम्मान गरिएको थियो ।

गोर्खा गु्रपका अध्यक्ष मानबहादुर बुढाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कलेजले प्रकाशन गरेको स्मारिकाको समेत विमोचन गरिएको थियो । स्मारिकाको बारेमा स्मारिकाका सम्पादक दुर्गालाल केसीले प्रकाश पारेका थिए ।
कलेजका कार्यकारी प्रमुख नवल जिएमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण कार्यक्रम संयोजक कुलबहादुर चौधरीले गरेका थिए ।