शान्तिनगरमा तीन घरमा आगलागी, ३४ लाख बराबरको क्षति

तुलसीपुर, २३ बैशाख |  दाङको शान्तिनगरमा तीन घरमा आगलागी हुँदा ३४ लाख बराबरको क्षति भएको छ । आज दिउँसो शान्तिनगर गाँउपालिका—४ जुम्लेकुलाका कुलबहादुर रेउले, गौरीलाल रेउले र बुद्धीराम रेउलेको घरमा आगलागी हुँदा ३४ लाख १२ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

Buddha International Hospital

Advertise with us

कुल ब. रेउलेको टिनले छाएको कच्ची घरमा विद्युत सर्ट भई सल्केको आगो तीन वटा घर जलेर नष्ट भएका छन् । आगलागीबाट घरमा रहेको नगद ७ लाख १२ हजार, सुन ६ तोला, टि.भि., कपडा सिलाउने मेसिन, अन्नपात र लत्ता कपडा जलेर नष्ट भएको पिडित कुलबहादुर रेउलले बताउनुभयो । उहाँ घरमा १६ लाख ५५हजार बराबर को क्षेति भएको छ ।

त्यस्तै आगोले गौरीलाल रेउलेको घर पनि जलेर नष्ट भएको छ । आगलागीबाट २० मुरी धान, ४ मुरी तोरी, ४ आना सुन, १ हल गोरू , नगद १२ सय,लत्ताकपडा भाडावर्तन अन्नपात जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता बिनोद विक्रम शाहले जानकारी दिनुभयो । आगलागीबाट ६ लाख ३२ हजार बराबरको क्षेति भएको पिडित गौरीलाल रेउलेले जानकारी दिनुभयो । आगोले बुद्धिराम रेउलेको करिब ११ लाख २५ हजार बराबरको क्षति गरेको छ ।

आगोले ३ लाख नगद, साढे ३ तोला सुन, धान २० मुरी, चना २ मुरी, मसुरो २ मुरी,२ ओटा मोबाईल, १ हल गोरू लगायत अन्नपात जलेर नष्ट भएका छन् । दिउँसो करिब १ बजेतिर घरमा विद्युतको तार सर्ट भई सल्ेकको आगो तिनबजे मात्रै स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।

Advertise with us