‘तोरी जोन’ क्षेत्रमा दोब्बर उत्पादन

Advertise with us


रीता लामा
घोराही, २३ वैशाख ः ं प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्र्तगत आर्थिक बर्ष २०७५÷०७६ देखि दाङमा सुरु भएको तोरी जोन कार्यक्रम निकै उत्साहजनक देखिएको छ । कार्यक्रममा किसानहरु सक्रिय भएर सहभागिता जनाएका छन् भने उत्पादन पनि दोब्बरले बढेको छ । अघिल्ला बर्षहरुमा तोरी खेतिबाट उत्पादन हुने मात्रा र जोन कार्यक्रम संचालन पछि गरिएको तोरी खेति प्रणालीमा उत्पादन दरमा आधाले फरक परेको हो ।

Advertise with us


प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाइ (तोरी) दाङका अनुसार तोरी उत्पादनलाई बढाउनको लागि बिउको व्यवस्थापन, जग्गाको तयारी, मल तथा माटोको व्यवस्थापन, सिंचाइ, रोग किरा तथा झार व्यवस्थापनमा फरक विधि अपनाएर गरिएको थियो । जसको कारण तोरीमा उल्लेख्य उत्पादन भए पछि खेति गर्ने परिपाटीले उत्पादनमा बृद्धि ल्याउँछ भन्ने समेत प्रमाणीत भएको छ ।
तोरी जोन कार्यक्रम चालु आर्थिक बर्षमा दाङको शान्तीनगर, दंगिशरण, बवई गाउँपालिका र तुलसीपुर उपमहानगरपालिकाको १ र २ वडामा संचालन भएको थियो ।

Buddha International Hospital

जहाँ ४५ कृषि समुहले २५० वर्ग किलोमिटर क्षेत्र अर्थात ५ सय हेक्टर जमिनमा तोरी खेती गरेका थिए । तोरी जोन परियोजनाका इकाइ प्रमुख इन्द्रबहादुर वलीका अनुसार अघिल्ला बर्षहरुमा प्रति हेक्टर ९ क्वीन्टल उत्पादन हुने तोरी, जोन कार्यक्रम लागु भए पछि सरदर साढे १६ क्वीन्टल प्रति हेक्टर उत्पादन भएको छ । ‘जोन कार्यक्रम पछि तोरीको उत्पादन दर देखेर किसानहरु निकै उत्साहित भएका छन् ।’ उहाँले भन्नुभयो ‘उत्पादन बृद्धिले तोरी जोनमा सहभागि कृषकको जीवन स्तरमा समेत सुधार हुने देखिएको छ ।

’ तोरीको बजार मुल्य अहिले ७ देखि ९ हजारप्रति क्वीन्टल पर्छ । एक हेक्टर जमिनमा खेति गरे मात्रै पनि तोरीबाट राम्रो आम्दानी हुने देखिएको छ । करिव तीन देखि चार महिनाको बीचमा उत्पादन हुने तोरीमा त्यती धेरै मेहेनतको जरुरी पनि नपर्ने कृषि प्राविधिकहरुले बताउने गरेका छन् ।

तोरी जोन कार्यक्रम लागु भएका क्षेत्रमा परियोजनाले कृषकहरुलाई माटो तयार गर्ने, विउ छनोट, मलको प्रयोग गर्ने, सिँचाई गर्ने, भकारो सुधार, प्रविधिको प्रयोगसम्बन्धी विभिन्न तालिम तथा ज्ञान, सीप प्रदान गरेको इकाइ प्रमुख वलीले जानकारी दिनुभयो ।


यसैगरी इकाइ परियोजनाले ८ जना किसानको तोरी खेतीलाई नमुना तोरी जोन बनाएको थियो । जहाँ निश्चित विउ, मलहरुको प्रयोग गरिएको थियो । परियोजना प्रमुख वलीका अनुसार किसानको आधा खेतलाई परम्परागत र आधा खेतिलाई उन्नत बनाउने प्रयास गरिएको थियो । जहाँ उत्पादनमा आधार फरक देखिएको थियो । नमुना तोरी जोनमा एमोनियम सल्फेट, सिंग सुपर फस्फेट, म्युरेट अफ पोटास, कृषि चुन, प्रांगारिक मल, युरिया, डिएपीलाई मात्रा मिलाएर हालिएको थियो ।

जसको कारण तोरी निकै राम्रो उत्पादन भएको थियो । तोरी जोनको नमुनामा पनि परम्परागत र नयाँ तरिकाबाट गरिएको खेतिमा उत्पादनसँगै तोरीको विरुवामा समेत धेरै भिन्नता देखिएको थियो ।


दाङमा चालु आर्थिक बर्ष देखि सुरु भएको तोरी जोनलाई थप प्रभावकारी बनाउन आगामी बर्षमा पनि परियोजनाले थप कार्यक्रम गर्ने भएको छ । पहिलो पटक सुरु भएको तोरी जोन कार्यक्रममा परियोजना इकाइले कृषकहरुलाई साना सिँचाइ, तोरी चुटने, जोत्ने मेसिनहरु, भकारो सुधार र खला निर्माणको लागि अनुदानको कार्यक्रम पनि ल्याएको बरिष्ठ कृषि अधिकृत वलीले बताउनुभयो । त्यस्तै कृषकहरुलाई आवश्यक तालिम, विज्ञको परार्मश, प्राविधिक सहयोग जस्ता कार्यक्रम पनि ल्याएको छ ।


तोरी जोनमा सहभागि ८ सय किसान मध्य २८४ जनालाई तोरी उत्पादनको सम्बन्धमा विशेष तालिम समेत दिएको छ ।  यस्तै आगामी बर्ष पनि तोरी जोन कार्यक्रम लागु भएका क्षेत्रलाई प्रविधि युक्त बनाउने तयारी इकाइको रहेको छ । जसमा बारी जोत्ने टेक्टर, पाटा सम्याउने, तोरी दाउने र तोरीको विउ छान्ने मेसिन र तोरी छर्ने झोला समेत ५० प्रतिशत अनुदानमा वितरण गर्न लागिएको छ ।


तोरी जोन कै लागि चालु आर्थिक बर्षमा १५ वटा साना सिंचाई तयार भएको, ५० वटा भकारो सुधार पनि तयार भएको छ । जसमा घरेलु मललाई गुणस्तर बनाउने र जनावरको गहुँत संकलन गर्ने जस्ता कार्य गरिएको थियो । कृषि प्राविधिकहरुका अनुसार जनावरको गहँत(पिसाव)ले तोरीमा लाग्ने मौसमी किरा समेत मर्ने गरेका छन् ।