पिकअपको ठक्करबाट एक जनाको मृत्यु

Advertise with us


तुलसीपुर, २३ बैशाख ।
दाङमा पिकअपको ठक्करबाट १ जनाको मृत्यु भएको छ । पिकअपको ठक्करबाट राप्ती गाउँपालिका—५ मौरीघाटका ३३ वर्षिय गणेश घर्ती मगरको मृत्यु भएको हो ।

Advertise with us

पुर्व पश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका—१ पाखापानीमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको ग २ च ६११ नम्बरको पिकअपले सोही दिशा तर्फ जादै गरेको साईकललाई ठक्कर दिँदा गम्भिर घाइते घर्तीमगरको उपचारको क्रममा गएराती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Buddha International Hospital

शबलाई लुम्बिनी हस्पताल बुटवलको शव गृहमा राखिएको छ । ठक्कर दिने सवारी र सवारी चालक दवै प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता बिनोदबिक्रम शाहले जानकारी दिनुभयो ।।