आपतकालिन आवास निर्माणको जनशक्ति उत्पादन


तुलसीपुर, २२ बैशाख | दाङमा विपदमा परेकालाई आपतकालिन आवास निर्माणको लागि जनशक्ति उत्पादन गरिएको छ । नेपाल रेडक्रस सोसाईटी दाङ अन्तर्गत इन्कोरले तुलससीपुरमा चारदिने तालिमको आयोजना गरि २४ जना जनशक्ति उत्पादन गरेको हो ।

Buddha International Hospital
Advertise with us

तालिममा मार्फत विपद्को समयमा विस्थापित परिवारहरुलाई तुरुन्तै आवास निर्माण गरि सुरक्षा प्रदान गर्न जनशक्ति उत्पादन गरिएको इनकोर कार्यक्रम अधिकृत जगतबहादुर तामाङले जानकारी दिनुभयो । उहाँले उत्पादन गरिएको जनशक्तिले रेडक्रसले उपलब्ध गराउने प्लाष्टिक वा त्रिपाल र स्थानिय श्रोत तथा साधनहरुको प्रयोग गरी विभिन्न मोडेलको सुरक्षित अस्थायी आवास निर्माण गर्न सक्ने बताउनुभयो ।

उत्पादन गरिएको जनशक्तिले जिल्लामा विपद् प्रतिकार्यका लागि विपदबाट प्रभावितलाई आवास निर्माण गरि आवश्यक राहत प्रदान गर्ने उहाँको भनाई छ । चार दिन सम्म संचालन भएको तालिमको प्रशिक्षकमा रमेश घिमिरे र दोलख डाँगी रहनुभएको थियो ।

यसैबिच बिहिबारदेखि शुरु भएको तालिमको आज समापन गरिएको छ । नेपाल रेडक्रस सोसाईटी दाङका कोषाध्यक्ष कुसल तर्तालको अध्यक्षतामा चार दिने तालिमको समापन गरिएको हो । समापनको अवसरमा तालिम संयोजक रमेश घिमिरेले उत्पादन गरिएको जनशक्तिले विपदमा परेकालाई तत्काल अस्थायी घर निर्माण गरि सुरक्षित प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।


तालिम समापनको अवसरमा सहभागी प्रशिक्षार्थी लक्ष्मी न्यौपाने, जीवन नेपाली लगायतले तालिमले विपद्मा परेकालाई तत्काल सुरक्षित प्रदान गरिने बताउनुभयो । समापन कार्यक्रमको सहजीकरण इन्कोरका कार्यक्रम संयोजक जगतबहादुर तामाङले गर्नुभएको थियो ।