तिर्खा लाग्यो, सर्वत पिउनुहोस्

दाङ, २२ बैशाख | बढ्दो गर्मीसगै बटुवालाई लक्षित गरेर दाङ घोराहीको तुल्सीपुर चोकमा निशुल्क सर्वत पानी बितरण शुरु गरिएको छ । आईतवार मोवाइल तथा इलेक्ट्रोनिक्स ब्यावसायी संघ घोराही दाङले निशुल्क सर्वत पानी बितरण थालेको संघका उपाध्याक्ष शालिकराम खनालले जानकारी दिनुभयो ।

Buddha International Hospital

Advertise with us

दुध, फलफूलको जुस, अम्वा, बरफ र शद्ध जारको पानी सहित सर्वत बनाएर बितरण थालिएको र आईतवार पहिलो दिन तीन हजार बढीलाई सर्वत खुवाइएको संघले जनाएको छ । ब्यवसाय सगै समाजसेव गर्ने उद्देश्यले सर्वत बितरण शुरु गरिएको हो ।

उक्त कार्यक्रमको घोराही उपमहानगरपालिका वडा नं १५ का अध्यक्ष रमेशकुमार पाण्डेले गर्नु भएको थियो । उदघाटन गर्दै उहाँले संघले राम्रो कामको शुरुवात गरेको बताउनुभयो ।

Advertise with us