घरेलु उद्योग महासंघको अध्यक्षमा मजगैँया

Advertise with us

दाङ, वैशाख २२ । नेपाल घरेलु तथा साना उद्योग माहासंघ दाङ जिल्लाको अध्यक्षमा प्रदीप मजगैँया चयन हुनु भएको छ । महासंघको शनिबार घोराहीमा सम्पन्न सातौं बार्षिक साधारणसभा तथा अधिवेसनले सर्वसम्मत मजगैँयालाई चयन गरेको छ ।

Buddha International Hospital

Advertise with us

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा लब अधिकारी, उपाध्यक्षमा शशिधर ओली, महासचिबमा सीता मल्ल, कोषाध्यक्षमा बिष्णु थापा रहनु भएको छ भने सदस्यहरुमा श्रीमन न्यौपाने, रेश्मीराज पण्डे, हिमबहादुर पाण्डे, शान्ती चौधरी, दुर्गाप्रसाद पाण्डे, तिलसरा पुन रहेका छन् भने विधान अनुसार अन्य सदस्यहरु कार्यसमितिले मनोतित गर्ने अध्यक्ष मजगैँयाले बताउनुभयो ।

यसैगरी सभाले केंद्रीय प्रतिनिधिहरुमा प्रेमकुमारी पून (महिला प्रतिनिधि), भरतराज देबकोटा, पदम बस्नेत, तुल्सी राना, दानबहादुर अधिकारी चयन गरेको छ । अधिवेसनले जिल्ला महिला उद्यमी समिति समेत गठन गरिएको छ । जस्को अध्यक्षमा तुल्सा बुढा र महा सचिबमा कमला देउजा रहनु भएको छ । अधिवेसन नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङ जिल्लाको अध्यक्ष तुल्सी रानाको अध्यक्षता तथा घरेलु तथा साना उद्योग कार्यालय दाङका प्रमुख उद्योग अधिकृत वासुदेब रिजालको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा महासंघका सस्थापक अध्यक्ष भरतबहादुर बुढाथोकी, प्रमुख उद्योग अधिकृत वासुदेब रिजाल, उद्योगी लीलाधर शर्मा पन्थी लगायतका उद्योगीले आआफ्नो धारणा राख्नु भएको थियो भने कार्यक्रमको सहजिकरण सचिब लव अधिकारीले गर्नु भएको थियो । २०४७ सालमा गठन भएको नेपाल घरेलु तथा साना उद्योग महासंघले घरेलु तथा साना उद्योगीहरुको पेसागत हकÞ हितको लागि कार्य गर्दै आएको छ ।