ठगी अभियोगमा “बाल योगेश्वर महाराज पक्राउ “

Advertise with us

घोराही,२२ वैशाख । अमेरिका लैजाने भन्दै विभिन्न व्यक्तिहरुबाट रकम ठगेको उजुरीमा शुक्रबार बाल योगेश्वर महाराजलाई पुन: पक्राउ गरी कैद भुक्तानको लागी सदरखोर डिल्लीबजार पठाइएको छ । बाल योगेश्वर महाराज नामले परिचित असली नाम विजय भण्डारी दोश्रो पटक डिल्ली बजार जेल परेका हुन ।

Buddha International Hospital

Advertise with us

सतहमा भागवत वाचन गर्ने देखिए पनि उनको धन्दा भने अलग रहेछ ।विजय भण्डारी अर्थात बाल योगेश्वर महाराजलाई २०७१ साल भदौमा महानगरीय प्रहरी परिसर काठमाण्डौको टोलीले पक्राउ गरेको थियो । अमेरिका लैजाने भन्दै विभिन्न व्यक्तिहरुबाट रकम ठगेको उजुरी उनी बिरुद्द परेका थिए । प्रहरीले अनुसन्धान गरी ठगी अभियोगमा अदालतमा मुद्दा दायर गर्यो।

त्यतिबेला उनी स्वामी विष्णु प्रपन्नाचार्यका नामले चिनिन्थे । जिल्ला अदालत काठमाण्डौले बाल योगेश्वर महाराजलाई २०७३ साल मंसिर ६ गते ठगी मुद्दामा १ वर्षको जेल सजाय सुनायो ।त्यसैगरी ८१ लाख ७७ हजार २ सय रुपैया बिगो सहितको जरिवाना पनि सुनायो । जिल्ला अदालत काठमाण्डौका श्रेश्तेदार आनन्द श्रेष्ठका अनुसार महाराजले १ वर्ष कैद सजाय भुक्तान गरे ।तर जरिवाना रकम भने बुझाएनन ।

१ वर्ष जेल बसेर छुटेपछि विजय भण्डारी अर्थात महाराज आफ्नै धन्दामा लागे । गत असोजमा गुल्मीको पालुखामा उनले कथा वाचन गर्दै गरेको समाचार बुटवल टुडेदेखि नेपाल समाचारपत्रमा समेत छ । जिल्ला अदालतको फैसलालाई चुनौती दिंदै विजय भण्डारी अर्थात महाराज उच्च अदालत पाटनमा पुनरवलोकनका लागी पुगे ।

तर उच्च अदालतले पनि २०७५ मंसिर ११ गते जिल्ला अदालतकै फैसलालाई सदर गरिदियो ।फैसला सदर भएपछि गएको शुक्रबार उनलाई पुन: पक्राउ गरी कैद भुक्तानको लागी सदरखोर डिल्लीबजार पठाइएको हो । ८१ लाख रुपैया जरिवाना रकम नबुझाए सम्म उनी छुट्ने छैनन ।