प्रदेश राजधानी : दाङको पक्षमा ५ सय ५३, रुपन्देहीको पक्षमा ३ सय ५० सुझाव

दाङ, वैशाख २२ । देश नं. ५ को राजधानी र नामाकरण तोक्ने प्रक्रिया पुन लम्बिने भएको छ । राजधानी र सुझाव संकलनका लागि गठित विशेष समिति माताहतको उपसमितिले प्रतिबेदन दिएपनि मुल समितिले प्रतिबेदनलाई अन्तिम रुप दिन नसकेपछि राजधानी र नामाकंन तोक्ने प्रक्रिया लम्बिएको हो ।

आइतबार बिहान बसेको विशेष समितिको बैठकले नाम र राजधानीका लागि विज्ञ समिति बनाएर सुझाव लिने निर्णय गरेको छ । सचिवालयले अब विज्ञ समिति गठन गरी सुझाव लिएपछि मात्रै मुल समितिको प्रतिवेदन तयार हुनेछ ।

Buddha International Hospital

यो प्रक्रिया अर्को हिउँदे अधिवेशनमा मात्रै हुने बताइएको छ । उपसमितिले दिएको प्रतिवेदनमा राजधानीका लागि रुपन्देही, दाङ र नाममा लुम्बिनी रहेको छ।

Advertise with us

१२ वटै जिल्लाबाट संकलन भएका १३ सय १२ सुझावको गणना गरेर जिल्ला तोकिएको छ। सुझावमा सबैभन्दा बढी दाङले ५ सय ५३ मत पाएको छ भने रुपन्देहीले ३५० पाएको एक सांसदले जानकारी दिए ।
विशेष समितिका सभापति दीपेन्द्र कुमार पुन मगरले विज्ञ समिति गठनका लागि सचिवालयलाई आग्रह गर्ने निर्णय गरिएको बताए ।