गोरखा स्कुल लमहीको उदघाटन

Advertise with us

दाङ,२१ बैशाख | दुइ वर्षदेखि लमहीमा टाइनीटट्सको स्वामित्व लिएर संचालनमा आएका गोरखा बोर्डिङ स्कुलको शनिबार एक बृहत कार्यक्रमका विच उद्घाटन गरिएको छ । गोरखा गु्रपका अध्यक्ष मानवहादुर बु्ढाको अध्यक्षता तथा पोखरा विश्वविद्यालयका पुर्व उपकुलपती प्रा.डा. केशरजंग बरालले नेपालको शिक्षाको विकासमा लाहुरेहरुको भूमिका अतुलनिय रहेको बताउनुभयो । ‘लाहुरेहरुले गाउँ ठाउँमा सम्झाना गर्दै शिक्षा क्षेत्रमा लगानी गर्दै आइरेहका छन्,यो उनिहरुको महानत पनि हो’ उहाँले भन्नुभयो ।

Buddha International Hospital

Advertise with us

विश्वमा बहादुरी देखाएर नेपालको नाम रोशन गरेका लाहरेहरुले नेपालमा उच्च शिक्षा, स्वास्थ्य जस्तो आधारभुत सेवामा लगानी गर्नुले उनिहरुको नेपालप्रतिको माया झल्कने उहाँले प्रष्ट पार्नुभयो । शिक्षाको शैक्षिक गुणस्तर कायम राख्न विद्यार्थी, अभिभावक र विद्यार्थीको बराबरी भुमिका हुने भन्दै त्रिकोणात्मक समन्वय नभइ स्तरीय शिक्षा कायम गर्न नसकिने बताउनुभयो । कार्यक्रममा प्याप्सनका केन्द्रिय सदस्य यादव गिरीले निजी विद्यालयले शिक्षा क्षेत्रमा गरेको योगदानको उच्च कदर हुनुपर्ने तर्क गर्नुभयो । अभिभावकले सन्ततीलाई दिने समयले विद्यार्थीको भविष्य निर्धारण गर्ने भएकाले सन्ततीलाई समय खर्च गर्न कन्जुस्याइ नगर्न सुझाव दिनुभयो ।

यस्तै कार्यक्रममा लमही नगरपालिका प्रमुख कुलवहादुर केसीले लमही क्षेत्रमा शिक्षाको क्षेत्रमा विकास पु¥याउने गोरखा बोर्डिङपनि भूमिका रहने भन्दै, बोडिङले हिजोका अनुभवलाई आधार मानेर शैक्षिक विकासमा सहयोग पुग्ने विश्वास उहाँको थियो ।

कार्यक्रममा प्याप्सन दाङका अध्यक्ष रेशमवहादुर बुढा, गोरखा ग्रुपका शेयर सदस्य हरि बुढा, सिइओ नवलसिंह जिएम, लमहीका प्राचार्य लोकमान रिजाल, लमहीकै सिइओ तथा स्वर्णिम क्याम्पसका क्याम्पस प्रमुख जिवराज आचार्य, अभिभावक अर्जुन अधिकारी लगायतका वक्ताहरुले मन्तव्य राख्नु भएको थियो ।

विद्यालयका शिक्षक एच.एन.पाण्डेले सहजीकरण गर्नुभएको कार्यक्रममा लमही नगरपालिका प्रमुख कुलवहादुर केसी र टाइनीटट्स बोडिङका गणेशप्रसाद श्रेष्ठलाई सम्मान गरिएको थियो ।