रुपाकोटमा महिला विकास समिति गठन

 

Buddha International Hospital

देउखुरी, २० वैशाख । राप्ती गाउँपालिका वडा नं ९ को रुपाकोटमा खड्केश्वरी महिला विकास समिति गठन गरि तालीम प्रदान गरिएको छ ।

Advertise with us
राप्ती गाउँपालिका महिला बालबालीका तथा समाज कल्याण इकाईको आयोजनामा गठित समितिलाई अनुशिक्षण तालीम दिईएको हो ।

अनुशिक्षण तालीममा महिला विकास कार्यक्रम उद्देश्य, कार्यान्वयन विधि र भोलीको सोच, समुह गतिशिलता समुह के हो, कीन हो र कसरी हो, बचत के हो, कीन गर्ने र कसरी गर्ने, लैङ्गिकता लैङ्गिक भुमीका र शब्दावली, प्रजनन स्वास्थ्य परिभाषा नौ भाग र लिङ्ग निर्धारण, घरेलु हिंसा, कारण र निवारणका उपाय, ग्रामीण व्यवसायको परिचय र व्यवसाय छनौट गर्दा ध्यान दिनुपर्ने कुरा, नेतृत्व, सञ्चार र संञ्चार सिपहरु, महिला सशक्तिकरणमा समुह सदस्यको अभिकार्य लगायतका विषयहरुमा प्रशिक्षक विनिता अधिकारीले प्रशिक्षण दिइएकी थिइन ।


रुपाकोटमा खड्केश्वरी महिला विकास समिती ५ समुहका ३० सदस्य रहेको समिति हो । कार्यक्रममा वडा नं ९ का अध्यक्ष रिम बहादुर सुनारी मगर तथा वडा सदस्यहरुको सहभागीता रहेको थियो ।

Advertise with us