किसानलाई च्याउ उत्पादन तालिम

Advertise with us

घोराही, २० वैशाख । घोराही उपमहानगरपालिका वडा नम्बर ११ ले वडाका किसानहरुलाई च्याउ उत्पादन र प्रशोधन सम्बन्धी तालिम दिएको छ । च्याउ उत्पादनमा आकर्षीत गरी आर्थिक उपार्जनका लागि किसानहरुलाई छनोट गरेर तालिम दिएको हो ।

Buddha International Hospital


Advertise with us
उत्पादनसँगै प्रशोधनका सीप ज्ञान दिईएको वडा कार्यालयले जनाएको छ । चालु आर्थिक बर्षको ८५ हजार रुपैयाँको कार्यक्रम अनुसार किसानहरुलाई च्याउ उत्पादन गर्ने र प्रशोधन गर्ने तालिम दिएको हो । वडा अध्यक्ष कुलबहादुर लामीछानेको अध्यक्षता एवं नगरका उपप्रमुख सीता सिग्देल न्यौपानेको प्रमुख आतिथ्यता र पूर्वाधार महाशाखा प्रमुख इन्जिनियर युवराज पौडेलको बिशिष्ट आतिथ्यतामा कार्यक्रम गरि किसानहरुलाई तालिम दिईएको हो ।


च्याउ उत्पादन गर्दा ध्यान दिनुपर्ने कुराहरु र उत्पादन पछि प्रशोधन गरेर समेत राख्न सकिने उपायका बारेमा तालिममा प्रशिक्षण दिईएको छ । तालिमको प्रशिक्षकहरुमा कृषि विकास शाखाका राधा मल्ल र कमल रेग्मी रहेका छन् ।