कक्षा आठको परिक्षा वैशाख २७ देखी


देउखुरी, २० वैशाख । राप्ती गाउँपालिका स्तरिय आधारभुत तह उतिर्ण परिक्षा सञ्चालन तथा व्यवस्थापन समतिको बैठक आधारभुत तह पुन परिक्षा बैशाख २७ देखी सुरु गर्ने गरि शुक्रवार सम्पन्न भएको छ ।


Advertise with us
आधारभुत तह उतिर्ण परिक्षा सञ्चालन तथा व्यवस्थापन समितीका अध्यक्ष राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा बसेको बैठकले शैक्षिक सत्र २०७५ को वार्षिक परिक्षाको पुर्नयोगका लागि निवेदन परेकोमा पुनः उत्तर पुस्तीका चेकजाच गर्दा पुर्व नतिजा अनुसार नतिजा यथावत रहेकोले सोहि बमोजिम नतिजा प्रकाशन गर्ने निर्णय गरिएको छ ।

Buddha International Hospital


बैठकले कक्षा आठको पुन लिईने परिक्षा तथा ग्रेड बृद्धिको लागि यहि बैशाख २७ गते विहान ७ बजेदेखी सुरुहुने गरि सर्वोदय माध्यामिक विद्यालयलाई केन्द्र तोकेको छ । बैशाख २७ गते विज्ञान, २८ गते गणित, २९ गत सामाजिक तथा जनसंख्या, वैशाख ३० गते अंग्रेजी, नेपाली, पेसा व्यवसाय, तथा प्रविधि, कम्प्युटर र ऐच्छीक गणितको परिक्षा लिईने भएको छ ।

बैठकमा उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद शर्मा, लेखा अधिकृत धनप्रसाद शर्मा, ताराबहादुर डिसी, गोविन्दबहादुर केसी, विक्रान्त ज्ञवाली, सोवबहादुर मल्ल, निर्मला बन्जाडे र सदस्य सचिव फनेन्द्र राज देवकोटा लगायतको सहभागीता रहेको थियो ।