मामा खोलामा कार खस्यो, दाङका व्यबसायी आचार्यको निधन


दाङ, २० बैशाख | पूर्ब पश्चिम राजमार्गमा कार दुर्घटना हुदा दाङका व्यबसायी तिर्थ आचार्यको मृत्युु भएको छ । शिबराज नगरपालिका १ मामा खोलामा दाङबाट चन्द्रौटा तर्फ जादै गरेको बा १४ च ८४४५ नम्बरको कार सडकदेखि करिब तिन सय मिटर तल खस्दा घोराही १५ निवासी ४० बर्षिय तिर्थ आचार्यको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

Buddha International Hospital
Advertise with us

दुर्घटनामा परी लमही ८ सतबरिया निबासी २७ बर्षिय अनिलकुमार चौधरी गम्भीर घाइते भएको र उपचारको लागि बुटवल लगिएको छ । कार अनियन्त्रित भएर खोलामा खसेको प्रहरीले जनाएको छ ।

Advertise with us