घोराही कारागारमा कैदीबीच कुटाकुट


घोराही, २० बैशाख  | घोराही कारागारमा कैदीबीच कुटाकुट भएको छ । गएराती कैदीबीच कुटाकुट भएको बुझिएको छ । कुटाकुट गर्न लागेको समयमा सुरक्षाकर्मीले थाहा पाएपछि साम्य पारिएको थियो ।

Buddha International Hospital
Advertise with us

झगडाका बिषयमा अनुसन्धान जारी रहेको कारागारका जेलर बिष्णुप्रसाद पाण्डेले जानकारी दिनुभएको छ । प्रमुख जिल्ला अधिकारी जिल्लाबाहिर रहेका कारण छलफल गरेर समाधान गरिने जेलर पाण्डेको भनाई छ ।

कैदीबीच कुटाकुट भएको जानकारी दिदै जेलर पाण्डेले घटनाका बारेमा थप अनुसन्धान जारी रहेको कारागार कार्यालयले जनाएको छ । हाल कारागारमा ३ सय १७ जना कैदीबन्दीहरुले बस्दै आएका छन् ।

७० जनाको क्षमता रहेको कारागारमा अहिले त्यति कैदी बन्दीलाई बसाउन बाध्य रहेको जेलर पाण्डेले जानकारी दिनुभएको छ । समाजमा अपराधिक घटनामा बृद्धि भएपछि कारागार भरिने गरेका छन् ।

 

Advertise with us