तुलसीपुरमा गोरखा कप शुरु

दाङको गोरखा गु्रपद्धारा सञ्चालित गोरखा कप शुरु भएको छ । गोरखा कपको बिहीबार तुलसीपुर ६ बरुवा गाउँमा रहेको गोरखा सेकेन्डरीबाट उद्घाटन गरिएको हो । विद्यार्थीहरुको शारीरिक, मानसिक र संबेगात्मक बिकासका लागि गोरखा कप अन्तर्गत छात्र र छात्रा फुटबल प्रतियोगिता शुरु भएको हो ।

Buddha International Hospital

Advertise with us

गोरखा कपको विहिबार भएको पहिलो खेलमा गोरखा मोडेल कलेज तुलसीपुरले स्वर्णीम देउखुरी कलेजलाई पराजीत गरेको छ । खेलको पहिलो हाफमा एक गोल र दोस्रो हाफमा एक गोल गर्दै शुन्यको विरुद्ध २ गोल गरेर विजयी भएको हो । खेलमा गोरखा मोडेल कलेजका जर्सी नम्बर ६ का युवराज श्रेष्ठ र जर्सी नम्बर १८ का रविन वलीले गोल गर्नुभएको थियो ।

गोरखा गु्रपका अध्यक्ष मानबहादुर बुढाको अध्यक्षता तथा पोखरा बिश्वविद्यालयका उपकुलपति केशबजंग बरालको प्रमुख आतिथ्यता एवं नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष रमेश ढकाल, राप्ती बबई क्याम्पसका प्रमुख युवराज रावत, तुलसीपर उपमहानगरपालिका वडा नं. ६ का वडाध्यक्ष नबराज लामिछानेको बिशिष्ट आतिथ्यमा कार्यक्रम गरि प्रतियोगिताको उद्घाटन गरिएको हो । बिहीबारदेखि शुरु भएको खेल २४ गतेसम्म चल्ने गोरखा सेकेन्डरी स्कुल तुलसीपुरका सिईओ दुर्गाबहादुर केसीले बताउनुभयो । ग्रपद्धारा सञ्चालित खेलमा गोरखा ग्रुपद्धारा सञ्चालित सम्पूर्ण बिद्यालयका छात्र, छात्राहरुले भाग लिएका छन् ।

त्यस अवसरमा गोरखा ग्रुप तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना पनि गरिएको थियो । अध्यक्ष मानबहादुर बुढाले गोरखा ग्रुपले शिक्षालाई चौतर्फी बिकासको रुपमा लिएको बताउनुभयो । उहाँका अनुसार शिक्षालाई अंकसंगै गुणात्मक, सहकार्यमा काम गर्न सक्ने, हरेक धर्म, संस्कृतिको संरक्षण गर्न सक्ने, सिर्जनात्मक तथा नेतृत्व गर्न सक्ने क्षमताको विकास गर्नु नै शिक्षा हुने भन्दै गोरखा ग्रुपले यसलाई आत्मसात् गरेर शिक्षा दिईरहेको छ ।